काभ्रेपलाञ्चोकमा ३२ हजार मत बदर « Khabarhub

काभ्रेपलाञ्चोकमा ३२ हजार मत बदर


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काभ्रे – यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोकमा ३२ हजार चार सय ५५ मत बदर भएको छ । प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ तीन दशमलव सात प्रतिशत मत बदर भएको हो ।

जिल्लामा एक लाख ८७ हजार तीन सय ३० जनाले मतदान गरेका थिए । जिल्लामा तीन लाख १० हजार ६३ मतदाता रहेका थिए । जिल्ला निर्वाचन अधिकारी उमेशकुमार राईका अनुसार ८६ हजार चार सय ६२ महिला तथा एक लाख आठ हजार ६८ पुरुष मतदाता मतदानमा सहभागी भएका थिए । क्षेत्र नं १ मा कुल खसेको मतमा प्रत्यक्षतर्फ चार हजार चार सय २६ तथा समानुपातिकतर्फ तीन हजार सात सय २२ मत बदर भएको छ ।

क्षेत्र नं १ प्रदेशसभा (१) मा प्रत्यक्षतर्फ एक हजार पाँच सय ८४, प्रदेशसभा (२) मा प्रत्यक्षतर्फ एक हजार चार सय ६३ तथा प्रदेशसभा (१) र (२) मा समानुपातिकतर्फ चार हजार आठ सय ७२ मत बदर भएका थिए । क्षेत्र नं २ मा प्रत्यक्षतर्फ तीन हजार आठ सय ३७, समानुपातिकतर्फ तीन हजार नौ सय १३ तथा क्षेत्र नं २ (१) मा प्रत्यक्षतर्फ एक हजार चार सय ५१, क्षेत्र नं २ (२) मा एक हजार सात सय ५१ तथा समानुपातिकतर्फ पाँच हजार चार सय २६ मत बदर भएका थिए ।

यसैबीच प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फको मतपरिणामअनुसार काभ्रेपलाञ्चोकका ५० उम्मेदवारको जमानत जफत भएको छ । प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभा गरी जम्मा ६४ को उम्मेदवारी कायम भएको थियो । धरौटी जोगाउन नसक्ने उम्मेदवार ७८ प्रतिशत छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ९ : २४ बजे

एआईजी दाहालले संवेदनशील सूचना चुहाएको पुष्टि : गृहमन्त्रीको हातमा पुगेको छानविन प्रतिवेदनमा के छ ?

काठमाडौँ – सशस्त्र प्रहरी बलका निलम्बित प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

हुम्ला– चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा

बाढीपीडितलाई कुमारी बैंकका कर्मचारीको ‍४५ लाख बढी सहयोग

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति कुमारी बैंक लिमिटेडका

नबिलको ४२औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं– नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारण सभाले पाँच प्रतिशत

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले १५ लाख २८ हजार बराबरको