बालकृष्णसँग गंगाको अग्रता थप फराकिलो | Khabarhub Khabarhub

बालकृष्णसँग गंगाको अग्रता थप फराकिलो


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


837
Shares
  • change font
  • change font
  • change font

दोलखा – प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले अग्रता थप फराकिलो बनाएका छन‍् ।

हालसम्म पाँच हजार नौ सय ७० मतगणना हुँदा उनले तीन हजार छ सय १८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले एक हजार आठ सय मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।

जिल्लाको प्रदेशसभा (१) मा चार हजार सात सय ३३ मतगणना गर्दा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले दुई हजार पाँच सय २५ मत तथा एमालेका नरबहादुर श्रेष्ठले एक हजार छ सय १६ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा (२) मा चार हजार चार सय ९४ मतगणना हुँदा एमालेका भरत केसीले दुई हजार एक सय ८५ र कांग्रेसका बर्मा लामाले एक हजार आठ सय ५७ मत प्राप्त गरेका छन्। जिल्लाको १० मतदान केन्द्रमा बिहीबार पुनः मतदान भएको थियो । बाँकी स्थानमा यही मङ्सिर ४ गते मतदान भएको थियो ।

जिल्ला ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र थिए । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ११ : २७ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका