बालकृष्णसँग गंगाको अग्रता थप फराकिलो « Khabarhub

बालकृष्णसँग गंगाको अग्रता थप फराकिलो


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


837
Shares
  • change font
  • change font
  • change font

दोलखा – प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले अग्रता थप फराकिलो बनाएका छन‍् ।

हालसम्म पाँच हजार नौ सय ७० मतगणना हुँदा उनले तीन हजार छ सय १८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले एक हजार आठ सय मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।

जिल्लाको प्रदेशसभा (१) मा चार हजार सात सय ३३ मतगणना गर्दा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले दुई हजार पाँच सय २५ मत तथा एमालेका नरबहादुर श्रेष्ठले एक हजार छ सय १६ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा (२) मा चार हजार चार सय ९४ मतगणना हुँदा एमालेका भरत केसीले दुई हजार एक सय ८५ र कांग्रेसका बर्मा लामाले एक हजार आठ सय ५७ मत प्राप्त गरेका छन्। जिल्लाको १० मतदान केन्द्रमा बिहीबार पुनः मतदान भएको थियो । बाँकी स्थानमा यही मङ्सिर ४ गते मतदान भएको थियो ।

जिल्ला ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र थिए । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ११ : २७ बजे

रामहरि खतिवडाद्वारा कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वकेन्द्रीय सदस्य रामहरि खतिवडाले

टिभिएस मोटरको आफ्टर–सेल्स सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं– नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा

तीन पदका लागि कांग्रेस उपसभापतिमा ६ जनाको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि मंगलबार

‘मेरो उम्मेदवारी केवल एउटा पदका लागि होइन’

देशले अहिले युवा नेतृत्वको खोजी गरिरहेको छ । यस महाधिवेशनबाट

कांग्रेस बन्दसत्रको छलफल बुधबार फेरि हुने

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज तेस्रो दिनको बन्दसत्रको छलफल सकिएको