सत्ता गठबन्धनमा भागबण्डा कसरी मिल्छ ? | Khabarhub Khabarhub

सत्ता गठबन्धनमा भागबण्डा कसरी मिल्छ ?

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखमा मुख्य दाबी


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्ता गठबन्धनमा सरकार गठनसँगै भागबन्डाको विषय पेचिलो बनेको छ । ठूलो दलको हैसियतमा कांग्रेसले सरकारको नेतृत्व गर्ने सम्भावना बलियो छ भने माओवादी र नेकपा एकीकृत समाजवादीले कुन पद लिने भन्नेबारेमा छलफल चलिरहेको छ ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा छैटौँपटक प्रधानमन्त्री हुने पक्कापक्की जस्तै छ । देउवालाई प्रधानमन्त्री बन्न प्रचण्ड र माधव नेपालले पनि समर्थन गरिसकेका छन् । सरकार गठनका लागि स्पष्ट बहुमत जुटाउन देउवा, प्रचण्ड र माधव नेपाल तीनै जना लागिरहेका छन् ।

देउवाले बहुमत जुटाएको खण्डमा पहिले प्रधानमन्त्रीको भागबण्डा टुंगिने सम्भावना छ । त्यसपछि राष्ट्रपति र सभामुखका लागि माओवादी र समाजवादीको आपसी छलफल चल्नेछ । खासगरी झलनाथ खनाल राष्ट्रपति बन्ने दाउमा थिए ।

तर उनले इलाममै चुनाव हारे । चुनाव हारेका कारण उनको राष्ट्रपतिको दाबी नै कमजोर बनेको छ । तर पनि उनी राष्ट्रपति बन्न सक्नेछन् । त्यसका लागि सत्ता गठबन्धनले थप गृहकार्य गर्नुपर्नेछ ।

माओवादीले फेरि पनि सभाुमख पद पाउने सम्भावना बलियो छ । माओवादीबाट तत्काल राष्ट्रपतिको लागि बलियो दाबी नदेखिएकाले माओवादीले सभामुख पाउने सम्भावना बढेको हो । यद्यपि डा.बाबुराम भट्टराईले चाखेको खण्डमा राष्ट्रपतिका लागि नेकपा समाजवादी र माओवादीको लडाई पेचिलो हुनेछ ।

मुख्य तीन दलको भागबण्डा टुंगिएमा साना दललाई चाहेको मन्त्रालय दिने गरी सरकार गठनको प्रक्रिया सुरु हुनेछ । सरकार गठनका लागि सीके राउतको जनमत पार्टी, रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी र महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टीबीच छलफल चलिरहेको बालुवाटार स्रोतले जनाएको छ ।

तर छलफल चलेका सबैले मन्त्रीको माग गरिरहेका छन् भने साना दलकै दाबी ठूला मन्त्रालयमा छ । साना दलको भागबण्डा मिल्नेबित्तिकै देउवालाई प्रधानमन्त्री बनाउने सत्ता गठबन्धनको प्रयास सुरु हुनेछ । त्यसपछि ठूला पद, मन्त्रालयको भागबण्डा, शक्ति केन्द्रमा भर्ती गर्ने अरु भागबन्डाको पनि टुंगो लाग्नेछ ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  १२ : ११ बजे

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।

सरकारको स्थायित्वबारेका हल्ला निराधार : पौडेल

काठमाडौं– एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल

खेलकुदमा भारतका युवा स्टारको उदय

विश्व एथलेटिक्समा नीरज चोपराको स्टारडम स्थापित भएको तीन वर्ष हुँदैछ।

बजेट निर्माणबारे अर्थमन्त्रीलाई पूर्वअर्थमन्त्रीहरुको सुझाव

काठमाडौ– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेटबारे