जग्गा विवादका कारण धनुषामा एक जनाको हत्या « Khabarhub

जग्गा विवादका कारण धनुषामा एक जनाको हत्या


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जग्गाको विषयमा विवाद हुँदा धनुषामा एक जनाको हत्या भएको छ । प्रहरीले घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको छ ।

धनुषाको मिथिला बिहारी नगरपालिका–४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादव र ४२ वर्षीय सुरज यादवबीच जग्गा जमिनको विषयमा विवाद हुँदा बिहीबार राति प्रभु यादवको हत्या भएको हो । निर्घात कुटपिटबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार राति खाना खाएर बसिरहेका बेला सुरज यादवको समूहले आएर प्रभु यादव र उनका परिवारमाथि कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा, इलाका प्रहरी कार्यालय धनुषाधाम, इलाका प्रहरी कार्यालय सबैला र प्रहरी चौकी ललियाबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न सोही ठाउँ बस्ने २७ वर्षीय गणेशकुमार यादव सहित ६ जनालाई पक्राउ गरेको छ ।

साथै कुटपिटबाट घाइते भएका ३० वर्षीय जगरनाथ यादवसमेत तीनजनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

खेतको आलीको विषयमा दुई महिनादेखि उनीहरुबीच विवाद हुँदै आएको प्रारम्भिक अनुसन्धानमा देखिएको धनुषाका प्रहरी नायब उपरीक्षक दिपक रायले जानकारी दिए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  १ : ३६ बजे

एक महिना लामो स्वस्थानी व्रत समापन (तस्बिरहरू)

काठमाडौं– पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको एक महिना लामो

सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु

सर्लाही– सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ– कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा लक्ष्यअनुसार

स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत सङ्कटमा

पर्वत– लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा पर्वतको एकमात्र

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर– ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रुपमा