सत्तागठबन्धनले बहुमत ल्याउन नसकेपछि साना दल र स्वतन्त्र सांसद फकाउँदै नेताहरु | Khabarhub Khabarhub

सत्तागठबन्धनले बहुमत ल्याउन नसकेपछि साना दल र स्वतन्त्र सांसद फकाउँदै नेताहरु


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा निर्वाचनमा सत्तागठबन्धनले नयाँ सरकार गठनका लागि सुविधाजनक बहुमत ल्याउन नसकेपछि साना दल र स्वतन्त्र सांसदको महत्व बढेको छ । यसपटकको निर्वाचनमा तीनवटा दल उदाएका छन् । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी छन् ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा सात सांसद जित्दै समानुपातिकमा कम्तीमा १४ सिट ल्याउने देखिएको छ । रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले तीन सांसद र एक स्वतन्त्र गरी चार सिट जितेको छ । तर ३ प्रतिशत थ्रेसहोल्ड कटाउन भने मुस्किल परेको छ । सिके राउत नेतृत्वको जनमत पार्टीले प्रत्यक्षमा एक सांसद र समानुपातिकमा चार गरी पाँच सांसद हात पार्दैछ ।

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चाले सरकार गठनका लागि एक सय ३८ सिट ल्याउन सकेका छैनन् । पाँचवटै पार्टीको प्रत्यक्ष र समानुपातिक गरी एक सय ३६ सिट जित्ने अनुमान गरिएको छ । सरकार बनाउन एक सय ३८ सिट चाहिने भएकाले सुविधाजनक बहुमतका लागि साना दल र स्वतन्त्र सांसदको महत्व बढेको हो ।

सोही कारण नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताले जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदतिर नजर लगाएका छन् । उनीहरूलाई गठबन्धनमा तान्ने लक्ष्यसहित माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले डिल्लीबजार कारागारमै पुगेर नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीसँग भेट गरिसकेका छन् । प्रचण्डले सोमबार तथा नेपाल र भट्टराईले मंगलबार भेटेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाणले जनमत पार्टीका अध्यक्ष सिके राउतसँग बिहीबार भेटवार्ता गरेका छन् । जनमतले सरकारमा सामेल हुन इच्छा देखाएको कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए ।

दुई सिट रहेको प्रभु साह समूह र कांग्रेसविरुद्ध बागी उम्मेदवार दिएर चुनाव जितेका अमरेशकुमार सिंहसँग पनि गठबन्धनका नेता सम्पर्कमा छन् । तर, जसपा र राष्ट्रिय स्वतन्त्र पार्टीसँग भने सत्तागठबन्धनले औपचारिक सहकार्यका लागि अहिलेसम्म प्रस्ताव गरेको छैन । मतगणना जारी रहेको र गन्न बाँकी तीनै सिट गठबन्धनका उम्मेदवारले जितेमा सरकार बनाउन दुई सांसद मात्र आवश्यक पर्ने र त्यो प्रभु साह वा जनमत पार्टीबाट पूर्ति हुने भएकाले जसपा र राष्ट्रिय स्वतन्त्र पार्टीसँग छलफल नभएको कांग्रेस र माओवादी नेताहरूको भनाइ छ ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ३ : ०५ बजे

बिजुली नपुगेका घर खोज्दै हिंडेका छौं, खबर गर्नुहोला : कुलमान

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले

छानबिन समितिको टीओआरमा कुरा मिलेन, संसद् नचलाउन सभामुखलाई विपक्षीको आग्रह

काठमाडौं- नेपाली कांग्रेससहितका विपक्षी दलहरूले सहकारी ठगीबारेमा गठन गर्न लागिएको

३० लाख पैदलयात्रीको सकस : हिँडे पोलमा ठोक्किने त्रास, नहिँडे धुलो धुवाँभित्र बास

काठमाडौंका सडक पेटी/फुटपाथ भन्ने बित्तिकै तपाईंको दिमागमा के आयो ?

सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनचाँदीको

गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी दलहरुको निर्णय

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरुले उपप्रधानमन्त्री तथा