पुल माग्दा १५ वर्ष बित्यो, कुनै नेताले ध्यान दिएनन् « Khabarhub

पुल माग्दा १५ वर्ष बित्यो, कुनै नेताले ध्यान दिएनन्


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

जाजरकोट- झोलुङ्गे पुल माग गर्न थालेको १५ वर्षभन्दा बढी हुँदा पनि पश्चिम जाजरकोटको जुनिचाँदे गाउँपालिका वडा नं ४ र ११ मा पर्ने सिउरेनी खोलामा पुल निर्माण हुन सकेको छैन ।

तत्कालीन संविधानसभा सदस्य भक्तबहादुर शाहदेखि अहिलेसम्मका सबै नेतालाई पुलका लागि माग गरे पनि कसैले ध्यान नदिएको स्थानीयवासी रेशमबहादुर खड्काले बताए ।

लुहादह, कोताङलगायतका आधा दर्जन गाउँका सर्वसाधारण ज्यान जोखिममा पारेर खोला तर्दै आएको खड्काको भनाइ छ । खोला पार गर्न खोज्दा २०७५ सालमा जुनिचाँदे–४ कै कालो दमाईं र दल्जिते दमाईंको मृत्यु भएको थियो । यसअघि धेरैले ज्यान गुमाएको जुनिचाँदे–४ का वडाध्यक्ष हरिबहादुर खड्काको भनाइ छ ।

“विसं २०६४ बाट पुलका लागि तत्कालीन जिल्ला विकास समितिमा धेरै पटक निवेदन दिइएको थियो । त्यसपछि सांसदहरूलाई पनि पुलका लागि जानकारी गराएका थियौँ”, उनले भने, “गाउँपालिकाले छ वर्षदेखि निरन्तर  नीति कार्यक्रमयसलाई समेटेको छ तर कार्यान्वयन भने भएको छैन ।”

खोलामा पुल नहुँदा वर्षातको समयमा स्वास्थ्य सेवा लिन आउने नागरिकले सास्ती भोग्नुपरेको प्राथमिक स्वास्थ्य केन्द्र कोताङका प्रमुख विनोदकुमार शाहीले बताए । उनले भने, “पुलको बाटो हुँदै स्वास्थ्य संस्था आउँदा झन्डै एक घण्टा बढी हिँड्नुपर्छ । बाटो अप्ठ्यारो भएकाले धेरै मानिस त्यो बाटो जाँदैनन् ।”

व्यापारी पदमबहादुर बुढाले पुल नहुँदा व्यापारीलाई सामान ढुवानीमा समस्या भएको बताए । खोलामा पानीको बहाव बढी भएको समयमा सामान नै ढुवानी गर्न नसकिने उनको भनाइ छ ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ३ : ३७ बजे

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,

यी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल