पुल माग्दा १५ वर्ष बित्यो, कुनै नेताले ध्यान दिएनन् | Khabarhub Khabarhub

पुल माग्दा १५ वर्ष बित्यो, कुनै नेताले ध्यान दिएनन्


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

जाजरकोट- झोलुङ्गे पुल माग गर्न थालेको १५ वर्षभन्दा बढी हुँदा पनि पश्चिम जाजरकोटको जुनिचाँदे गाउँपालिका वडा नं ४ र ११ मा पर्ने सिउरेनी खोलामा पुल निर्माण हुन सकेको छैन ।

तत्कालीन संविधानसभा सदस्य भक्तबहादुर शाहदेखि अहिलेसम्मका सबै नेतालाई पुलका लागि माग गरे पनि कसैले ध्यान नदिएको स्थानीयवासी रेशमबहादुर खड्काले बताए ।

लुहादह, कोताङलगायतका आधा दर्जन गाउँका सर्वसाधारण ज्यान जोखिममा पारेर खोला तर्दै आएको खड्काको भनाइ छ । खोला पार गर्न खोज्दा २०७५ सालमा जुनिचाँदे–४ कै कालो दमाईं र दल्जिते दमाईंको मृत्यु भएको थियो । यसअघि धेरैले ज्यान गुमाएको जुनिचाँदे–४ का वडाध्यक्ष हरिबहादुर खड्काको भनाइ छ ।

“विसं २०६४ बाट पुलका लागि तत्कालीन जिल्ला विकास समितिमा धेरै पटक निवेदन दिइएको थियो । त्यसपछि सांसदहरूलाई पनि पुलका लागि जानकारी गराएका थियौँ”, उनले भने, “गाउँपालिकाले छ वर्षदेखि निरन्तर  नीति कार्यक्रमयसलाई समेटेको छ तर कार्यान्वयन भने भएको छैन ।”

खोलामा पुल नहुँदा वर्षातको समयमा स्वास्थ्य सेवा लिन आउने नागरिकले सास्ती भोग्नुपरेको प्राथमिक स्वास्थ्य केन्द्र कोताङका प्रमुख विनोदकुमार शाहीले बताए । उनले भने, “पुलको बाटो हुँदै स्वास्थ्य संस्था आउँदा झन्डै एक घण्टा बढी हिँड्नुपर्छ । बाटो अप्ठ्यारो भएकाले धेरै मानिस त्यो बाटो जाँदैनन् ।”

व्यापारी पदमबहादुर बुढाले पुल नहुँदा व्यापारीलाई सामान ढुवानीमा समस्या भएको बताए । खोलामा पानीको बहाव बढी भएको समयमा सामान नै ढुवानी गर्न नसकिने उनको भनाइ छ ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ३ : ३७ बजे

एमाले मोरङको कार्यालयमा पूर्वराष्ट्रपति भण्डारी, जिल्ला अध्यक्षसहितले गरे स्वागत

विराटनगर– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमाले मोरङ जिल्ला कमिटीको कार्यालयमा पुगेकी

जापानीज इन्सेफ्लाईटिसबाट चितवनमा तीन जनाको मृत्यु

चितवन–  जिल्लाका तीन जनाले जापानीज इन्सेफ्लाईटिसबाट ज्यान गुमाएका छन् ।

एनएमबि बैंकको नयाँ अटो लोन योजना, ७‍.१३% ब्याजदरमा व्यक्तिगत सवारी साधन

काठमाडौं– एनएमबि बैंकले नाडा अटो शोमा सहभागिता जनाउँदै र चाडपर्वलाई लक्षित

पहिरोले महाकाली लोकमार्ग अवरुद्ध

खलङ्गा– सडकमाथिबाट खसेको पहिरोले महाकाली राजमार्गअन्तर्गत खलङ्गा–गोकुलेश्वरखण्ड अवरुद्ध भएको छ

गौर घटनाका सन्दर्भमा अध्ययन गर्न बाटो खुल्यो

काठमाडौं– सर्वोच्च अदालतले रौतहटको गौरमा २०६३ चैत ७ गते भएको