प्रहरी महानिरीक्षक सिंह र अमेरिकी राजदूत थम्पसनबीच शिष्टाचार भेटघाट « Khabarhub

प्रहरी महानिरीक्षक सिंह र अमेरिकी राजदूत थम्पसनबीच शिष्टाचार भेटघाट


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र नेपालका लागि अमेरिकी राजदूत डिन रिचर्ड थम्पसनबीच भेटवार्ता भएको छ । उनीहरूबीच प्रहरी प्रधान कार्यालयमा शिष्टाचार भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा राजदूत थम्पसनले हालै सम्पन्न आम निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरीले निर्वाह गरेको विशेष भूमिकाको प्रशंसा गरे ।

उनले प्रहरीमा दक्ष जनशक्ति उत्पादन गर्न तालिमको व्यवस्थाको साथै प्रविधिको विकास, साइबर अपराध नियन्त्रण एवं महिला तथा बालबालिकाको क्षेत्रमा अमेरिकी सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल प्रहरीले सार्वजनिक शान्ति कायम राख्न अपनाएको नीतिले अमेरिकी नागरिकले नेपालमा आफूलाई सुरक्षित ठानेको उल्लेख गर्दै राजदूत थम्पसनले यसका लागि नेपाल प्रहरीलाई धन्यवादसमेत दिएका छन् ।

प्रहरी महानिरीक्षक सिंहले अमेरिका सरकारले नेपाल प्रहरीलाई गर्दै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरे । आगामी दिनमा पनि यस्ता सहयोगले निरन्तरता पाउने र आपसी सम्बन्ध सुमधुर हुने विश्वास महानिरीक्षक सिंहले विश्वास व्यक्त गरे । भेटका अवसरमा महानिरीक्षक सिंह र राजदूत थम्पसनबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको बताइएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ४ : ३७ बजे

रसुवा बाढी प्रभावितका लागि काठमाडौंमा राहत संकलन (तस्बिरहरू) 

काठमाडौं– रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि काठमाडौंमा सर्वसाधारणले

अध्यक्षलाई गाली गरेको आरोपमा गुणराज लोहनी पार्टीबाट निष्कासित

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का अध्यक्ष मण्डलका सदस्य गुणराज

देश बाढीको शोकमा डुब्दा पाँचतारेको डिनरमा स्वर्णिम, मुस्कानसहितको तस्वीरले जन्मायो बहस

काठमाडौं- देशका दुई प्रमुख नदी प्रणाली भोटेकोशी र त्रिशूलीमा आएको

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक