प्रहरी महानिरीक्षक सिंह र अमेरिकी राजदूत थम्पसनबीच शिष्टाचार भेटघाट | Khabarhub Khabarhub

प्रहरी महानिरीक्षक सिंह र अमेरिकी राजदूत थम्पसनबीच शिष्टाचार भेटघाट


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र नेपालका लागि अमेरिकी राजदूत डिन रिचर्ड थम्पसनबीच भेटवार्ता भएको छ । उनीहरूबीच प्रहरी प्रधान कार्यालयमा शिष्टाचार भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा राजदूत थम्पसनले हालै सम्पन्न आम निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरीले निर्वाह गरेको विशेष भूमिकाको प्रशंसा गरे ।

उनले प्रहरीमा दक्ष जनशक्ति उत्पादन गर्न तालिमको व्यवस्थाको साथै प्रविधिको विकास, साइबर अपराध नियन्त्रण एवं महिला तथा बालबालिकाको क्षेत्रमा अमेरिकी सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल प्रहरीले सार्वजनिक शान्ति कायम राख्न अपनाएको नीतिले अमेरिकी नागरिकले नेपालमा आफूलाई सुरक्षित ठानेको उल्लेख गर्दै राजदूत थम्पसनले यसका लागि नेपाल प्रहरीलाई धन्यवादसमेत दिएका छन् ।

प्रहरी महानिरीक्षक सिंहले अमेरिका सरकारले नेपाल प्रहरीलाई गर्दै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरे । आगामी दिनमा पनि यस्ता सहयोगले निरन्तरता पाउने र आपसी सम्बन्ध सुमधुर हुने विश्वास महानिरीक्षक सिंहले विश्वास व्यक्त गरे । भेटका अवसरमा महानिरीक्षक सिंह र राजदूत थम्पसनबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको बताइएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ४ : ३७ बजे

विपक्षी दलले उपसभामुख मगरलाई हटाउने षडयन्त्रको प्रतिवाद गर्ने

काठमाडौं– संघीय संसद्का विपक्षी दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने

डिम्ब कारोबारमा रोक लगाउन सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले डिम्ब कारोबारमा रोक लगाउन आदेश जारी गरेको

विद्यार्थीलाई स्वदेशमै राख्ने वातावरण बनाउन राष्ट्रियसभाका सदस्यको माग

काठमाडौं– युवा विद्यार्थी विदेश जाँदा नेपालका क्याम्पस खाली देखिन थालेकाले

रेशम-रञ्जिता किचलोले उपनिर्वाचनका लागि दर्ता भएन नाउपा 

काठमाडौं– स्थानीय तह निर्वाचन-०७९ सम्मुखमा दलीय मान्यता पाएको नागरिक उन्मुक्ति

संसद भवनको निर्माणकार्य ढिलाईमा उपप्रधानमन्त्री सिंहको चासो

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले संसद् भवन