त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेसन फ्लाइट’ सम्पन्न « Khabarhub

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेसन फ्लाइट’ सम्पन्न


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएको ‘लोकलाइजर’ लगायत उपकरणको परीक्षणका लागि एरोथाईको जहाजले दुई दिन यान्त्रिक उडान गरेको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए ।

उनका अनुसार विमानस्थलको धावनमार्गको उत्तरतर्फ हालै लोकलाइजर जडान गरिएको छ । लोकलाइजरले जहाजलाई सेन्टरलाइन देखाउँछ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाका अनुसार लोकलाइजरसहित विमानस्थलमा जडान गरिएका सम्पूर्ण सञ्चार प्रणालीको दुई दिनसम्म यान्त्रिक उडानमार्फत परीक्षण गरिएको छ ।

बिहीबार र शुक्रबार यान्त्रिक उडानका क्रममा विमानस्थलको नियमित उडान सामान्य प्रभावित भएको थियो । यसअघि मङ्सिरको पहिलो साता एरो थाईको जहाजले अन्तर्राष्ट्रिय विमानस्थलमा दुई दिन यान्त्रिक उडान गरिएको थियो ।

नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको मङ्सिर ५ देखि ११ सम्म यान्त्रिक उडान गरिएको थियो । पोखरा, काठमाडौँसहित देशका अन्य विमानस्थलमा पनि यान्त्रिक उडान गरिनेछ ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ९ : २० बजे

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,

यी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल