त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेसन फ्लाइट’ सम्पन्न « Khabarhub

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेसन फ्लाइट’ सम्पन्न


१६ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएको ‘लोकलाइजर’ लगायत उपकरणको परीक्षणका लागि एरोथाईको जहाजले दुई दिन यान्त्रिक उडान गरेको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए ।

उनका अनुसार विमानस्थलको धावनमार्गको उत्तरतर्फ हालै लोकलाइजर जडान गरिएको छ । लोकलाइजरले जहाजलाई सेन्टरलाइन देखाउँछ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाका अनुसार लोकलाइजरसहित विमानस्थलमा जडान गरिएका सम्पूर्ण सञ्चार प्रणालीको दुई दिनसम्म यान्त्रिक उडानमार्फत परीक्षण गरिएको छ ।

बिहीबार र शुक्रबार यान्त्रिक उडानका क्रममा विमानस्थलको नियमित उडान सामान्य प्रभावित भएको थियो । यसअघि मङ्सिरको पहिलो साता एरो थाईको जहाजले अन्तर्राष्ट्रिय विमानस्थलमा दुई दिन यान्त्रिक उडान गरिएको थियो ।

नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको मङ्सिर ५ देखि ११ सम्म यान्त्रिक उडान गरिएको थियो । पोखरा, काठमाडौँसहित देशका अन्य विमानस्थलमा पनि यान्त्रिक उडान गरिनेछ ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार  ९ : २० बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

वीरगन्ज हुँदै ६ महिनामा साढे ७ अर्बको दलहन भित्रियो

पर्सा– वीरगन्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा सात अर्ब

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

धरानको दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र

सुनसरी– धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली