कर्णालीका दुई महिला खेलाडीलाई नगद प्रोत्साहन प्रदान गरिने « Khabarhub

कर्णालीका दुई महिला खेलाडीलाई नगद प्रोत्साहन प्रदान गरिने


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत -कर्णाली प्रदेश सरकारले अन्तर्राष्ट्रिय प्रतियोगितामा विजेता उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने दुई महिला खेलाडीलाई नगद प्रोत्साहन प्रदान गर्ने भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाही र प्रदेश खेलकूद परिषद्का पदाधिकारीबीच आइतबार बसेको समीक्षात्मक बैठकले जुम्लाकी सुनमाया बुढालाई रु दुई लाख र जाजरकोटकी कामना विष्टलाई रु ५० हजार नगद प्रोत्साहन प्रदान गर्ने निर्णय गरेको हो ।

थाइल्याण्डमा सम्पन्न एसियन अल्ट्राट्रेलरेस प्रतियोगितामा जुम्लाकी धावक सुनमायाले दुई हजार प्रतियोगीलाई पछि पार्दै महिलातर्फ प्रथम स्थान हासिल गर्नुभएको थियो भने पुलिस क्लबको प्रतिनिधित्व गर्दै जाजरकोटकी कामनाले बङ्गलादेशको ढाकामा सम्पन्न एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि नेपालको पक्षमा पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । समीक्षात्मक बैठकमा मुख्यमन्त्री शाहीले प्रतियोगिताका विजयी खेलाडीलाई टेलिफोनमार्फत बधाई दिनुका साथै प्रोत्साहनस्वरुप नगद प्रदान गर्ने घोषणा गरेका हुन् । मुख्यमन्त्री प्रदेश खेलकूद परिषद्का संरक्षकसमेत हुन् ।

परिषद्का उपाध्यक्ष प्रमोद हमालले मुख्यमन्त्रीसँग वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेशस्तरीय रङ्गशालामा भलिबल कर्भडहल निर्माण गर्ने, रङ्गशाला निर्माण नहुञ्जेल कालिञ्चोक मैदानलाई वैकल्पिक खेल मैदानको रुपमा प्रयोगमा ल्याउने विषयमा छलफल भएको जानकारी दिए । परिषद्का सदस्य–सचिव विश्वामित्र सञ्ज्यालले प्रदेश रङ्गशाला निर्माणमा भइरहेको प्रगतिबारे मुख्यमन्त्रीलाई जानकारी गराएका थिए । मङ्सिर २० गते शिलान्यास भएको रङ्गशालाको हाल माटो परीक्षण कार्य सम्पन्न हुनुका साथै साइट घेरबार, पानीका लागि डिप बोरिङ, विद्युत् जडानको काम भइरहेको बताइएको छ ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ७ : ०३ बजे

लेबनानमा इजरायली आक्रमण, एकजना शान्ति सैनिकको मृत्यु

लेबनान- लेबनानमा भएको इजरायली हमलामा संयुक्त राष्ट्रसंघका एक शान्ति सैनिकको

प्रधानमन्त्रीले बोलाएको सांसदसँगको बैठक हर्क साम्पाङले बहिष्कार गर्ने

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको बैठक श्रम, संस्कृति पार्टीका अध्यक्ष

कार्यविवरणको कार्यसम्पादन सूचक ४५ दिनभित्र तयार गरिने

काठमाडौं– नेपाल सरकारले कर्मचारीहरूको कार्यसम्पादनलाई परिणामसँग जोड्न प्रत्येक पदको कार्यविवरणको

राइड शेयरिङ कम्पनीविरूद्ध उत्रिए चालक (तस्बिरहरू)

काठमाडौं- विभिन्न मागसहित राइड शेयरिङमा संलग्नहरूले आन्दोलन थालेका छन् ।

पक्राउ परेका पूर्वमन्त्री खड्का पनि अस्पताल भर्ना

काठमाडौं– पक्राउ परेका पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्का अस्पताल भर्ना