माओवादी केन्द्रमा कर्णालीबाट २९ जना केन्द्रीय सदस्य, मुगुलाई मनोनितमा समेटिने « Khabarhub

माओवादी केन्द्रमा कर्णालीबाट २९ जना केन्द्रीय सदस्य, मुगुलाई मनोनितमा समेटिने


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्खेत – नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनबाट कर्णाली प्रदेशका २९ नेता केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका छन् ।

माओवादी केन्द्रको यही पुस ११–१८ सम्म काठमाडौँमा सम्पन्न आठौँ महाधिवेशनले कर्णाली प्रदेशका १० जिल्ला मध्य नौँ जिल्लाबाट केन्द्रीय सदस्यमा कूल चयन गरेको हो । जसमा सबैभन्दा बढी जाजरकोटबाट शक्तिबहादुर बस्नेत, कालीबहादुर मल्ल, मायाप्रसाद शर्मा, सत्य पहाडी, रामदीप आचार्य, कृष्णा शाह र पार्वती विक, सुर्खेतबाट नरबहादुर विष्ट, झकबहादुर मल्ल, विन्दमान विष्ट, पुष्पा घर्ती, सीता नेपाली र हरिमाया शर्मा केन्द्रीय सदस्यमा चयन भएका छन् ।

त्यस्तै, रुकुमपश्चिमबाट जनार्दन शर्मा, राजकुमार शर्मा, वसन्त शर्मा, लुम्बिनी गौतम र लक्ष्मी पुन, जुम्लाबाट गजेन्द्रबहादुर महत, नरेश भण्डारी र गोमा कुँवर, कालीकोटबाट महेन्द्रबहादुर शाही, विष्णुबहादुर विक र यशोदा न्यौपाने, सल्यानबाट टेकबहादुर बस्नेत र टीका बुढाथोकी, हुम्लामा छक्कबहादुर लामा र विजय भण्डारी सर्वसम्मत चयन भएको केन्द्रीय सदस्य नरेश भण्डारीले बताए ।

आठौँ महाधिवेशनबाट कर्णालीको सबैभन्दा कम डोल्पामा एकजना काली चलाउने केन्द्रीय सदस्यमा चयन हुँदा मुगु भने केन्द्रीय सदस्यविहीन बनाइएको छ । केन्द्रीय सदस्य भण्डारीले पार्टीले मुगुलाई पनि न्याय गर्न मनोनीत केन्द्रीय सदस्य लिने बताए। उनका अनुसार मुगुका नेता मङ्गल शाही केन्द्रीय सदस्यमा मनोनीत हुने देखिएको छ । केन्द्रको २३६ केन्द्रीय कार्य समिति सदस्यमा कर्णालीको १२ प्रतिशत सदस्य सङ्ख्या रहेको छ ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ९ : ५५ बजे

लेबनानमा इजरायली आक्रमण, एकजना शान्ति सैनिकको मृत्यु

लेबनान- लेबनानमा भएको इजरायली हमलामा संयुक्त राष्ट्रसंघका एक शान्ति सैनिकको

प्रधानमन्त्रीले बोलाएको सांसदसँगको बैठक हर्क साम्पाङले बहिष्कार गर्ने

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको बैठक श्रम, संस्कृति पार्टीका अध्यक्ष

कार्यविवरणको कार्यसम्पादन सूचक ४५ दिनभित्र तयार गरिने

काठमाडौं– नेपाल सरकारले कर्मचारीहरूको कार्यसम्पादनलाई परिणामसँग जोड्न प्रत्येक पदको कार्यविवरणको

राइड शेयरिङ कम्पनीविरूद्ध उत्रिए चालक (तस्बिरहरू)

काठमाडौं- विभिन्न मागसहित राइड शेयरिङमा संलग्नहरूले आन्दोलन थालेका छन् ।

पक्राउ परेका पूर्वमन्त्री खड्का पनि अस्पताल भर्ना

काठमाडौं– पक्राउ परेका पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्का अस्पताल भर्ना