देवकोटा आधारभूत विद्यालयमा दिवा खाजाको रकम हिनामिना « Khabarhub

देवकोटा आधारभूत विद्यालयमा दिवा खाजाको रकम हिनामिना


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा- संखुवासभाको पाँचखपन नगरपालिका-३ माक्सुवास्थित देवकोटा आधारभूत विद्यालयमा विद्यार्थीको दिवा खाजाको रकममा अनियमितता देखिएको छ ।

कक्षा ५ सम्मका ९५ जना विद्यार्थीलाई खुवाउँदै आएको दिवा खाजा कार्यक्रमबापतको रकममा अनियमितता देखिएको हो । विद्यालयमा गत वर्ष १६ मंसिर ०७७ देखि दिवा खाजा कार्यक्रम सुरु भएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर वैद्यका अनुसार दिवा खाजाको कार्यक्रमको रकम विद्यालयका प्रधानाध्यापक दलमर्दन तिवारीले रकममा अनियमितता गरेको बताए । उनले नगरपालिकाबाट भुक्तानी लिएर  खाजाको रकम कट्टी गरेर आफैले राखेको अध्यक्ष वैद्यले बताए ।

स्थानीय मिलनकुमारी आले मगरले सो विद्यालयका विद्यार्थीलाई दिवा खाजा खुवाउँदै आएका थिए । उनले उक्त विद्यालयका विद्यार्थीलाई १७ वैशाख ०७८ सम्म दिवा खाजा खुवाए ।

सोबापत उनले पहिलो पटक ४० हजार नौ सय ५७ रुपैयाँ र अर्कोपटक ८२ हजार एक सय पाँच रुपैयाँ गरी जम्मा एक लाख २३ हजार ६२ रुपैंया तत्कालीन प्रधानाध्यापक दलमर्दन तिवारीमार्फत भुक्तानी लिएका थिए । तर तिवारीले दिवा खाजा कार्यक्रमअन्तर्गत पाँचखपन नगरपालिकाबाट एकमुष्ट एक लाख ४० हजार ६ सय ७० रुपैयाँ भुक्तानी लिएको देखिएको छ ।

तिवारीले मिलनकुमारी मगरलाई भुक्तानी दिँदा पहिलोपटकको भुक्तानीमा करबापत भन्दै चार सय १३ र दोस्रोपटक एक हजार दुई सय ५० रुपैयाँ असुल गरेको स्थानीय मिलनकुमारी मगरले बताइन् ।

दिवा खाजा कार्यक्रमको पहिलो त्रैमासिक रकम भुक्तानीमा १.५ प्रतिशतले कर कट्टी गरिएको तर पछि कोष तथा लेखा नियन्त्रक खाँदबारीमा बुझ्दा कर कट्टी गर्न नमिल्ने बुझिएपछि पछिल्लो भुक्तानीमा कर कट्टी नगरिएको पाँचखपन नगर शिक्षा प्रमुख इन्द्र कार्कीले बताए । प्रतिशतका दरले कर कट्टी गरी भुक्तानी दिइएको छ ।

तिवारीले मासिक रूपमा विद्यार्थीहरूको विवरणअनुसार मिलनकुमारी मगरलाई भरपाई गराएका छन् । भरपाईअनुसार उनले नगरपालिकाबाट लिएको भुक्तानी रकममा हिसाब चुस्तदुरुस्त देखिन्छन् । तर उनले लिएको भुक्तानी रकम र मिलनकुमारी मगरलाई दिएको भुक्तानीमा १७ हजार ६ सय आठ रुपैयाँ हिनामिना भएको देखिन्छ ।

यो विषयमा तत्कालीन प्रअ तिवारीसँग कुरा गर्दा उनले आफूले हिनामिना नगरेको दाबी गरे । तिवारी प्रधानाध्यापक रहँदा भएका अनियमितताका विषयमा विद्यालय व्यवस्थापन समिति सदस्यहरूले चर्को विरोध गरिरहेका छन् । गत १० कात्तिकमा पुनर्गठित समितिले हिसाब चुस्त राख्नका लागि सम्पूर्ण कागजात खोज्ने क्रममा यस्तो भेटिएको अध्यक्ष वैद्यले बताए । तिवारी काजमा पाँचखपनकै खप्टुवा माध्यमिक विद्यालय गइसकेका छन् ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ११ : ५५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै