‘पिर्के सलामी’ ले विवादमा तानिइन् रामकुमार झाँक्री, सामाजिक सञ्जालमा विरोध « Khabarhub

‘पिर्के सलामी’ ले विवादमा तानिइन् रामकुमार झाँक्री, सामाजिक सञ्जालमा विरोध


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सहरी विकासमन्त्री रामकुमारी झाँक्री यतिबेला विवादमा तानिएकी छिन् । केही हप्तायता आफ्नो गृहजिल्ला गुल्मीमा रहेकी झाँक्री यतिबेला ‘पिर्के सलामी’ का कारण विवादमा तानिएकी हुन् ।

आफू सत्ताबाहिर हुँदा अरुको सलामीप्रति कटाक्ष गर्ने झाँक्रीले आफू मन्त्री हुँदा सलामी खाएको भन्दै उनको सामाजिक सञ्जालमा तीव्र आलोचना भएको छ ।

गुल्मीको मदाने गाउँपालिका–६, पुर्कोट दहस्थित ईलाका प्रहरी कार्यालय परिसरमा सलामी लिएको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ । नेकपा एकीकृत समाजवादी पार्टीकी सचिवसमेत रहेकी झाँक्री गुल्मीका विभिन्न स्थानमा पुगेर आफ्नो पकड बढाउने प्रयास गरिरहेकी छिन् ।

यो क्षेत्र नेकपा एमालेका सचिव गोकर्ण विष्टको पनि निर्वाचन क्षेत्र हो । यही निर्वाचन क्षेत्रबाट उठ्ने सोच बनाएकी झाँक्रीले पिर्के सलामी लिएको भन्दै विरोध जनाएका छन् ।

झाँक्री चुनावी माहोल बनाउने याेजनासहित गुल्मी पुगेकी हुन् ।

चार वर्षअघि चुनावी अभियानकै क्रममा झाँक्रीले पुर्कोट दहका कांग्रेस निकट एक स्थानीय शिक्षकलाई थर्काएकी थिइन् । त्यतिबेला पनि उनको व्यापक विरोध भएको थियो । उनले त्यतिबेला स्थानीय शिक्षक बोमबहादुर कुँवरलाई फोनमा थर्काउँदै खुट्टा भाँच्ने धम्की दिएकी थिइन् ।

चुनावका बेला आफ्नो चरित्र हत्या गर्ने गरी कुँवरले सामाजिक सञ्जालमा स्टाटसहरु लेखेको भन्दै उनी कुँवरमाथि खनिएकी थिइन् ।

यतिबेला सोही ठाउँमा पुगेर उनी फेरि विवादमा तानिएकी हुन् । पुर्कोट दह उनले बाल्यकाल बिताएको ठाउँ पनि हो । उनले पुर्कोट दहकै श्री पृथ्वी उच्च माध्यमिक विद्यालयमा माध्यमिक तहसम्म अध्ययन गरेकी थिइन् ।

आफ्नो गाउँमा आएका बेला प्रहरीले उनलाई पिर्के सलामी गरेको विषयलाई लिएर सामाजिक सञ्जालमा झाँक्रीको व्यापक विरोध भएको छ ।

कतिपय स्थानीयले भने झाँक्री यस क्षेत्रको गौरव भएको भन्दै उनले खाएको सलामीलाई सामान्य लिनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबूकमार्फत भानुभक्त आचार्यले रामकुमारी झाँक्रीले पिर्के सलामी लिएको विषयमा असहमति जनाएका छन् ।

‘विपक्षी हुँदा जे हुन्न भन्यो, सत्तामा पुगेपछि त्यही दोहोर्‍यायो । राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, जे आए पनि हामी बदलिएका छौँ र?,’ उनले लेखेका छन् ।

सलामीले किन विरोध भइरहेको छ झाँक्रीको ?

झाँक्री आफू मन्त्री हुनुभन्दा पहिले अरुले सलामी लिँदा विरोध जनाएकी थिइन् । यतिसम्म कि, उनले आफ्नै पार्टीका नेताहरुले सलामी खाएको यो कदमको विरोध जनाएकी थिइन् ।

अहिले आफैले सलामी लिएको तस्वीर सार्वजनिक भएपछि उनको चौतर्फी विरोध भएको हो ।

दुई वर्षअघि झाँक्रीले नेकपा एमालेका नेताहरुले सलामी खाएको भन्दै विरोध गरेकी थिइन् । विरोध जनाएको एउटा ट्वीट भने उनले हटाइसकेकी छिन् ।

अहिले आफू मन्त्री भइसकेपछि सलामी खाएपछि उनको स्वभाविक विरोध भएको छ ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  १२ : ५१ बजे

सरकारले एक सय दिनमा रचनात्मक काम गर्‍यो : ज्ञानेन्द्र शाही

देवदह– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाही

गणेश नेपालीको शव आर्यघाट लगियो (तस्बिरहरू)

काठमाडौं– आत्मदाहको प्रयासपछि ज्यान गुमाएका गणेश नेपालीको शव अन्त्येष्टिका लागि

‘सरकार पहिलो दिनदेखि नै संवैधानिक र कानुनी हिसाबले चलेको छैन’

काठमाडौं- टिकाराम भट्टराई संवैधानिक कानुन विज्ञ हुन् । उनी प्रधानमन्त्री

एकै दिन ४ हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फर्किए

काबुल- छिमेकी मुलुकहरूमा कागजातविहीन विदेशी नागरिकमाथि कडाइ बढ्दै गएसँगै अफगान शरणार्थीहरूको

संयोग मात्रै होइन, ट्रोल नेपालमार्फत् कुमार बेनको स्टाटस र कान्तिपुरको गेटमा रास्वपा नेताकै गाडी

काठमाडौं- राहदानी विभागअगाडि गणेश नेपालीको आत्मदाह प्रकरणलाई मोड्न सरकारले नै