खाडी मुलुकमा कोरोना ह्वातै बढ्यो, कुन देशमा कति संक्रमित थपिए | Khabarhub Khabarhub

खाडी मुलुकमा कोरोना ह्वातै बढ्यो, कुन देशमा कति संक्रमित थपिए



दोहा– जाडो शुरु भएसँगै नेपाली कामदारको मुख्य गन्तव्य रहेका खाडी मुलुकहरुमा कोरोना संक्रमण तीव्र रुपमा फैलिएको छ । पछिल्ला केही दिनयता कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), ओमन, बहराइन र कुवेतमा कोरोना भाइरस सङ्क्रमितको संख्यामा वृद्धि भएको हो ।

यी मुलुकहरुमा कार्यरत नेपाली कामदार पनि कोरोना संक्रमित भएका विवरणहरू आएका छन् । खाडी मुलुकमा रहेका नेपालीहरूले आफू कोरोना संक्रमित भएको सामाजिक सञ्जालका माध्यमबाट जानकारी दिएका छन् ।

संक्रमण दरमा वृद्धि भएसँगै नेपालबाट खाडी मुलुकमा रोजगारका लागि आएने र नेपाल फर्कने नेपालीहरू समस्यामा परेको यहाँस्थित नेपालीहरूले बताएका छन् ।

कतारमा झण्डै एक हजार संक्रमित थपिए

कतारको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार आइतबार कतारमा ९ सय ९८ जना नयाँ संक्रमित थपिएका छन्।  तीमध्ये ६ सय ३६ समुदायभित्रकै संक्रमित हुन् भने ३६२ विदेशबाट फर्केका यात्रु हुन् । योसँगै कतारमा संक्रमितको संख्या २ लाख ५२ हजार ३५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कतारमा १९३ जना संक्रिमत निको भएका छन् । योसँगै निको हुनेको संख्या पनि २ लाख ४५ हजार ८९० पुगेको मन्त्रालयले जनाएको छ ।  हालसम्म कतारमा ६१८ जनाले कोभिडको संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।

कतारको हमाद अस्पतालका स्वास्थ्य अधिकारीले दिएको जानकारी अनुसार हाल कतारमा तीव्र रुपमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलिएको छ ।

अधिकारीहरूका अनुसार ओमिक्रोनकोको असर र जोखिम भने मध्यम छन् । ५० बर्षमुनिका संक्रमितलाई एक हप्ता या दश दिनसम्म घरमै आइसोलेसन बस्न सुझाव दिइएको छ । बुस्टर डोज लगाएकाहरूले भने संक्रमित भए पनि भाइरसको यो प्रजातिलाइ सहजै जित्न सक्ने बताउँदै सबैलाई बुस्टर डोज खोप लगाउन अनुरोध गरिएको छ ।

साउदीमा मास्क अनिवार्य

साउदीको स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार १ हवार २४ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै साउदीमा संक्रमितको संख्या ५ लाख ५८ हजार १०६ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कतारमा २ सय ९८ जना संक्रमित निको भएका छन् । साउदीमा कोरोना संक्रमणबाट निको हुनेको संख्या पनि ५ लाख ४२ हजार ४ सय १३ पुगेको मन्त्रालयले जनाएको छ । यस अवधिमा एक जनाको मृत्यु भएसँगै मृतकको संख्या पनि ८ हजार ८७९ पुगेको मन्त्रालयले जनाएको छ ।

संक्रमण बढेसँगै साउदी सरकारले बाहिर निस्किँदा वा कार्यस्थलमा अनिवार्य रुपमा मास्क लगाउनुपर्ने र डेढ मिटरको दूरी कायम गर्नुपर्ने नियम लागु गरेको छ ।

साउदीले सम्पूर्ण नागरिक तथा त्यहाँ बसोबास गर्ने अन्य देशका बासिन्दाले अनिवार्य कोभिड–१९ खोपको बुस्टर डोज लगाउनुपर्ने जनाएको छ । साउदी अरबको आन्तरिक मन्त्रालय स्रोतले अर्को महिना १ फेब्रुअरीदेखि लागु हुने गरी सबैलाई बुस्टर डोज खोप अनिवार्य गरिएको जनाएको छ ।

संयुक्त अरब इमिरेट्समा पनि उस्तै जोखिम

युएई स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार २६०० नयाँ संक्रमित थपिएका छन् । योसँगै साउदीमा संक्रमितको संख्या ७ लाख ६७ हजार ९३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा युएईमा ८ सय ९० जना संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या पनि ७ लाख ४६  हजार ८५३ पुगेको मन्त्रालयले जनाएको छ । यस अवधिमा ३ जनाको मृत्यु भएसँगै मृतकको संख्या २ हजार १६८ पुगेको जनाइएको छ ।

कोभिड खोपको पूर्ण मात्रा लगाएकाहरूलाई थप मात्रा अर्थात् ‘बुस्टर डोज’ अनिवार्य गरिएको छ । यूएईको राष्ट्रिय संकट तथा विपत् प्राधिकरण एवं वैदेशिक मामिला तथा अन्तर्राष्ट्रिय समन्वय मन्त्रालय खोप लगाएकाहरूले बुस्टर डोज पनि अनिवार्य रुपमा लगाउनुपर्ने जनाएको छ ।

बुस्टर डोज नलगाएका व्यक्तिलाई यात्रामा प्रतिबन्ध लगाइने बताइएको छ । यो नियम १० जनवरीदेखि लागु हुने बताइएको छ ।

कुवेतमा थपिए ६ सय बढी संक्रमित

कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार ६०९ नयाँ संक्रमित थपिएका छन् । योसँगै कतारमा संक्रमितको संख्या ४ लाख १८ हजार ३३२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कतारमा ११४ जना संक्रिमत निको भएका छन् । योसँगै निको हुनेको संख्या पनि ४ लाख ११ हजार ९०२ पुगेको मन्त्रालयले जनाएको छ । कुवेतमा पनि संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ४६८ पुगेको छ । कुवेतमा पनि बुस्टर डोज खोप अनिवार्य गरिएको छ ।

कुवेतको विदेश मन्त्रालयले  विश्वभर कोभिड–१९ सङ्क्रमणको बढ्दो सङ्ख्याका कारण विदेश भ्रमण गर्न चाहने कुवेती नागरिकहरूलाई विदेश भ्रमण नगर्न आग्रह गरेको छ ।

मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै कोरोना संक्रमितमा वृद्धि भएकाले संक्रमणको उच्च जोखिम निम्त्याउने र त्यसले देशलाई स्वास्थ्य दिशानिर्देशहरू र यस वृद्धिसँग लड्नका लागि उपायहरू परिवर्तन गर्न बाध्य पार्ने बताएको छ ।

कुवेतमा संक्रमितको संख्या अझै बढे लकडाउन गर्न सकिने या उडानमा ढिलाइ वा रद्द हुनसक्ने पनि बताइएको छ ।

ओमानमा पनि सामाजिक दूरी कायम गर्नुपर्ने

ओमानको स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार ३४३ नयाँ संक्रमित थपिएका छन् । योसँगै ‌ओमानमा संक्रमितको संख्या ३ लाख ५ हजार ८३२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कतारमा १०७ जना संक्रिमत निको भएका छन् । योसँगै निको हुनेको संख्या पनि ३ लाख ४८८ पुगेको मन्त्रालयले जनाएको छ । यस अवधिमा १ जनाको मृत्यु भएको र योसँगै मृतकको संख्या ४ हजार ११७ पुगेको छ ।

त्यहाँ पनि मास्क लगाउने र सामाजिक र शारीरिक दूरी कायम गर्ने आफू, आफ्नो परिवार तथा समुदायलाई कोरोना भाइरसको फैलावटबाट जोगिन मन्त्रालयले अपील गरेको छ ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  २ : १८ बजे

राष्ट्रिय चेस च्याम्पियनसिप सुरु

काठमाडौं – नेपाल बुद्धिचाल महासङ्घ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त

अभिनेता नीर शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान

काठमाडौं- गोपीकृष्ण कामख्या मिडिया कम्पनीले अभिनेता नीर शाहलाई ‘उद्धव दीर्घसाधना

टी-२० विश्वकपको पहिलो खेलमा क्यानडामाथि अमेरिकाको शानदार जित

काठमाडौं – टी-२० आईसीसी विश्वकपको पहिलो खेलमा आयोजक अमेरिकाले शानदार

पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोला नजिक पहिरो खस्दा दमौली–डुम्रे

एकीकृत समाजवादीले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीले आज विशेष पत्रकार सम्मेलन गर्दैछ ।