हिउँमा फसेका बाबुछोरा ६ दिनमा गाउँ फर्किए « Khabarhub

हिउँमा फसेका बाबुछोरा ६ दिनमा गाउँ फर्किए


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङको लोदेनस्थित हिउँमा फसेका बाबुछोरा सोमबार घर आइपुगेका छन् । हिउँ कम भएसँगै उनीहरु गाउँ फर्किएका हुन्।

५० वर्षीय लाक्पा टासी शेर्पा र उनका १५ वर्षीय छोरा पासाङ गत बुधबारदेखि हिउँमा फसेको थिए । चौंरी गोठ सार्ने क्रममा हिउँ पहिरो आएसँगै उनीहरु ओडार बसेका थिए । उद्धारका लागि गत शनिबार र आइतबार धेरै पटक अल्टिच्युट एयर कम्पनीको हेलिकप्टर गएको भए पनि उनीहरु बसेको स्थान पहिचान गर्न नसकेपछि रित्तै फर्किएको थियो ।

हिउँ पर्न छाडेको र परेको हिउँ पनि पग्लदै गएपछि उनीहरु सोमबार दिउँसो गाउँ पुग्न सफल भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए। हिउँमा फसेका बाबुछोराको स्वास्थ्य अवस्था समन्य रहेको पाण्डेले जानकारी दिए ।

समुद्रीसतहबाट चार हजार मिटर उचाईमा अवस्थित पापङको लोनाक भन्ने ठाउँमा चौंरी गोठ सार्ने क्रममा बाबुछोरा हिउँमा फसेका थिए ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ८ : ०० बजे

कहाँकहाँ स्थापना भए काठमाडौंका निर्वाचन कार्यालय ?

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

देउवाको क्षेत्र डडेलधुराबाट कांग्रेसको उम्मेदवार बने नैनसिंह महर

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनाव नलड्ने भएपछि

कास्कीमा निर्वाचन लक्षित सुरक्षा रणनीति तय

कास्की– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ

उम्मेदवारी दर्ता अघि ओलीले भने- आजैबाट हराएका सपना जगाउन सुरु गरौँ

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी मनोनयनको

समानुपातिकतर्फ एक करोड दुई लाख बढी मतपत्र छपाइ

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि