अझै सञ्चालनमा आएन अटो भिलेज « Khabarhub

अझै सञ्चालनमा आएन अटो भिलेज


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– भैरहवामा सिद्धार्थ अटो भिलेज सञ्चालनका लागि लागि सम्झौता भएको आठ वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । सिद्धार्थनगर नगरपालिकाले नगरलाई सफा, सुन्दर र पर्यटकीय नगर बनाउने अवधारणा अन्तर्गत वडा नम्बर ९ गोनहियामा अटो भिलेज सञ्चालनका लागि २०७० सालमै श्रमिकहरूसँग सम्झौता गरे पनि अझैसम्म कार्यान्वयन गर्न नसकेको हो ।

आठ वर्ष बितिसक्दा समेत अटो भिलेज सञ्चालनमा ल्याउन नगरपालिकाले कुनै चासो नदेखाएको सरोकारवालाहरु बताउँछन् । करिब साढे ३०० श्रमिकमध्ये अधिकांशले बैंकबाट ऋण लिएर गोनहियामा करिब १४ करोड रुपैयाँमा एकै स्थानबाट ग्यारेज सञ्चालनका लागि १० बिघा जग्गा खरिद गरेका थिए ।

नेपाल अटो भिलेजका सचिव दिलबहादुर कुँवरले अटो भिलेजमा बल्ल १५÷१६ जना व्यवसायीहरू मात्र आएको बताए । ‘अझैसम्म सम्झौता पूर्ण कार्यान्वयन नहुँदा धेरै व्यवसायीहरू आउन मानिरहेका छैनन्,’ उनले भने ।

सिद्धार्थ अटो भिलेजका व्यवसायी राजेश धवलले आफूहरुलाई जग्गा खरीद गर्न लगाएर नगरपालिकाले अहिले अलपत्र पारेको बताए । उनले आफूले बैंकबाट ऋण लिएर जग्गा खरीद गरी व्यवसाय सञ्चालन गरेको, तर अहिले नगरपालिकाले अलपत्र पारेको बताए ।

यसमा विद्युत् नभएको बहानामा सञ्चालनमा आउन नसकेको अटो भिलेज अहिले १०० केभीए क्षमताको ट्रान्सफर्मर जडान, सडक ग्राभेल, टेलिफोन एवं इन्टरनेट लगायतको सुविधा हुँदा समेत सञ्चालनमा आउन सकेको छैन ।

नेपाल अटोमेकानिक्स ट्रेड युनियन सिद्धार्थनगरका अध्यक्ष गुमानसिंह थारुले नगरपालिकाले १३ वटै वडा कार्यालयमा अन्यत्र अटो भिलेज सञ्चालन गरिरहेका व्यवसायीहरुलाई सञ्चालन गर्न नदिई भिलेजमै पठाउन पत्र पठाएको, तर कार्यान्वयन नभएको बताए । उनले अटो भिलेजका लागि सबै संरचना तयार भए पनि व्यवसाय सञ्चालन नहुने डरले व्यवसायीहरू आउन नमानेको बताए ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  १२ : १५ बजे

एपीएफ साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं – राजधानीमा जारी साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगितामा

अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण

म्याग्दी – नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको म्याग्दीको अन्नपूर्ण

सेनाका ६ जना उपरथीको सरूवा, तीन पृतनापति पनि फेरिए

काठमाडौं– जंगी अड्डाले ६ जना उपरथीको सरुवा गरेको छ। नेपाली

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र