अझै सुरु भएन म्याग्दी नदी नियन्त्रणको काम « Khabarhub

अझै सुरु भएन म्याग्दी नदी नियन्त्रणको काम


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी–नदी कटानका कारण उच्च जोखिममा रहेका पश्चिम म्याग्दीका सात स्थानमा नियन्त्रणको काम अझै सुरुआत नहुँदा स्थानीयवासी चिन्तित भएका छन् ।

बेनी नगरपालिका–२ बगरफाँट, वडा नं ३ दूधेखोला, वडा नं ४ सिङ्गा, तातोपानी, मसार, तोराखेत तथा मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार संरक्षणको लागि नदी कटान नियन्त्रणको काम अझै थालिएको छैन । कालीगण्डकी नदी कटानका कारण जोखिममा परेको बेनी बजार संरक्षणको काम भने सुरु भएको छ । तर म्याग्दी नदी कटानको जोखिममा रहेका ठाउँहरूको संरक्षणमा सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयवासीले गुनासो गरेका छन् ।

गत असार, साउन, भदौ, असोज र कात्तिकमा म्याग्दी, कालीगण्डकी र सहायक नदीले कटान गरेको ठाउँमा अहिलेसम्म पनि नियन्त्रणको काम सुरु भएको छैन । कतिपय ठाउँमा बजेट र योजनाको अभाव भएको छ । रुपाताल एकीकृत संरक्षण विकास परियोजनामार्फत सञ्चालित बेनी बजार संरक्षण आयोजनाको काम भने सुरु गरिएको छ ।

‘मध्य हिउँद बितिसक्यो, अझै काम सुरु भएको छैन, हिउँदमा नदीको सतह घटेका समयमा काम हुँदैन, बर्खा लागेपछि काम सुरु हुन्छ’, बगरफाँटका जीतबहादुर कार्कीले भने । यसैगरी प्राकृतिक उपचारस्थलका रूपमा परिचित बेनी–४ तातोपानीको मसारमा पनि नदी नियन्त्रण लागि अहिलेसम्म काम सुरु नभएको स्थानीयवासी कुमार केसीले जानकारी दिए । ‘हिउँद बित्नै लाग्यो, अहिलेसम्म बजेटको समेत व्यवस्थापन हुनसकेको छैन’, उनले भने । मसारमा नदी कटानबाट दुई घर भत्किएका र १५ परिवार विस्थापित थिए । दुई सय घर कटानको उच्च जोखिममा रहेका उनले जानकारी दिए । यसैगरी बेनी–२ बगरफाँटमा पनि कटान नियन्त्रणका लागि बजेट व्यवस्थापन हुनसकेको छैन ।

शिरानमा विशाल भिरबाट खस्ने पहिरो र पुछारमा म्याग्दी नदीको तीब्र कटानका कारण बेनी –२ बगरफाँट गाउँ उच्च जोखिममा पर्दै जान थालेको छ । २०५७ सालदेखि सो नदीले कटान गर्न सुरु गरेको बगरफाँटमा रहेका २०० घरधुरी वर्षाका समयमा गाउँको शिरानबाट खस्ने पहिरो र गाउँको पुछारमा उर्लिँदै बग्ने म्याग्दी नदीको कटानबाट बर्सेनि त्रसित हुने गरेका छन् ।

जिल्ला नदीको कटान नियन्त्रणका लागि बर्सेनि नदी किनारमा ग्याबिन जाली भर्ने गरिएको भए पनि वर्षामा ढुङ्गा र लेदोसहित उर्लिएर आउने नदीको तीव्रगतिका कारण नियन्त्रण हुन नसकेको स्थानीयवासीले बताएका छन् । ‘गाउँ जोखिममा छ, शिरानबाट खस्ने पहिरो र पुछारमा बग्ने नदीका कारण वर्षामा कहिल्यै पनि ढुक्कसँग सुत्न सकिँदैन, कतिबेला के हुन्छ भन्ने त्रास सधैँभरि रहिरहन्छ’, म्याग्दी नदी कटान नियन्त्रण योजना उपभोक्ता समितिका अध्यक्ष नारायणबहादुर कार्कीले बताए ।

सो नदीको कटानका कारण बगरफाँटको १५० रोपनी क्षेत्रफलभन्दा बढी खेतीयोग्य जमिन नास भइसकेको र नदी कटानको समस्या अझै विकराल बन्दै गएको उनको भनाइ छ । अनुसार बेनी–३ को तारोखेतबाट बगेर बगरफाँटको शिरानमा अवस्थित विशाल पहरो हुँदै आउने पहिरो नियन्त्रण सम्भव नभए पनि नदी कटान नियन्त्रण गर्नसके केही मात्रामा भए पनि गाउँ सुरक्षित हन्छ ।

पहिरो र नदी कटानका कारण सुन्दरबस्ती र कृषि उपजका लागि उर्वर फाँट रहेको बगरफाँट बर्सेनि साँघुरिँदै जान थालेको छ । आप्रे र उडाइनो छहराको बीचबाट खस्ने पहिराका कारण गाउँको शिरानमा रहेको जङ्गल नासिँदै गएको छ भने बस्ती मासिँदै गएको छ । पहिराले गाउँ कुरूप बन्दै जान थालेको र शिरानका पाँच घर परिवारले आफ्नो घर नै छाडेर बसाइँ सरिसकेका स्थानीयवासी कृष्ण रिजालले बताए ।

सिङ्गा तातोपानीको सरस्वती मावि र ज्वालामाई भगवती आमा समूहको भवनसमेत कटानका जोखिममा छ । तत्कालै नियन्त्रणको काम सुरु नगरे आउने बर्खामा सो नदीमा आउने बाढीले थप क्षति गर्ने खतरा रहेको जनाइएको छ । सो विद्यालयका प्रधानाध्यापक सुरत बानियाँले नदी नियन्त्रण योजनाका लागि बजेट व्यवस्थापन गर्न ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालयमा जाने तयारी भएको जानकारी दिए ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  १ : ०० बजे

कांग्रेसका पदाधिकारीको दाबी : ‘शेखर र पूर्णबहादुर अन्तिमसम्म हाम्रोतिरै जोडिनुहुन्छ’

काठमाडौं– नेपाली कांग्रेसमा पूर्वसभापति शेरबहादुर देउवा र सभापति गगन थापाबीच

थेराङ खोला बाढीपछि स्थानीय भन्छन्- गाउँबाट तलमाथि जाने पुल बगायो, नाकाबन्दीमा पर्‍यौँ

गोरखा– उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको

रसुवामा हैजाको जोखिम: सेनाको हेलिकप्टरबाट २१ हजार डोज खोप पठाइयो

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोपछि हैजाको

क्यासिनोमा नेपाली प्रवेश गराई जुवा खेलाउने आठजना पक्राउ

पर्सा– वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेलाउने

देवीघाटमा ६० मिटर लामो एक्रोब्रिज बन्दै, चाँडै सञ्चालनमा आउने (तस्बिरहरू)

काठमाडौं– भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका अधिकांश