यूएईमा नयाँ श्रम कानून कार्यान्वयनमा, नेपाली श्रमिक पनि लाभान्वित « Khabarhub

यूएईमा नयाँ श्रम कानून कार्यान्वयनमा, नेपाली श्रमिक पनि लाभान्वित



दोहा– नेपाली श्रमिकको प्रमुख श्रम गन्तब्य यूएईमा बुधबारदेखि नयाँ श्रम कानून कार्यान्वयनमा आएको छ । नयाँ श्रम कानूनले श्रमिकको बिदादेखि करार, कागजात जफत लगायतको बारेमा पहिलेको श्रम कानूनमा परिवर्तन गर्दै नयाँ व्यवस्था गरेको छ ।

यूएईले पुरानो श्रम कानूनमा व्यापक परिवर्तन गर्दै ल्याएको नयाँ श्रम कानूनले श्रमिकको हित हुनेछ । यूएईको पुरानो श्रम कानून अनुसार श्रमिकको लिमिटेड र अनलिमिटेड गरी दुई प्रकारको करार सम्झौता थियो । तर नयाँ श्रम कानूनले लिमिटेड करार मात्र तोकेको त्यहाँको मानव संशाधन मन्त्रालयलाई उदृत गर्दै गल्फ न्युजले जनाएको छ ।

यसअघिको श्रम कानून अनुसार पासपोर्ट लगायत आधिकारिक कागजात रोजगारदाताले जफत गरेर राख्ने गरेको पाइन्थ्यो । तर नयाँ श्रम कानून अनुसार रोजगारदाताले श्रमिकको आधिकारिक कागजात जफत गरेर राख्न पाउँदैनन् र पासपोर्ट पनि राख्न पाउँदैनन् ।

यस्तै, नयाँ श्रम कानून अनुसार महिला कामदारले ४५ दिनको तलबी सुत्केरी बिदा पाउँछन् भने उनीहरूले चाहेमा थप १५ दिन लम्ब्याउन पनि सक्छन् । तर त्यो १५ दिनको भने आधा मात्र तलब पाइने व्यवस्था गरिएको छ । श्रमिकको परिवारको सदस्यको मृत्यु भएमा ५ दिन र आफन्तको मृत्यु भएमा ३ तीन दिन तलबी बिदा पाउने व्यवस्था छ ।

पहिले ६ महिनाको परीक्षणकालिन समयमा रोजगारदाताले चाहेमा श्रमिकलाई कुनै जानकारी बिना नै कामबाट निकाल्न सक्थें । तर अहिले ल्याएको नयाँ श्रम कानूनले श्रमिकलाई कामबाट निकाल्नुभन्दा कम्तीमा १४ दिनको जानकारी दिनपर्छ । अहिले श्रमिकले काम परिवर्तन गर्न चाहेमा रोजगारदातालाई एक महिनाको समय र देश नै छोड्न चाहेमा १४ दिनको पूर्व जानकारी दिनपर्छ ।

यूएईको नयाँ श्रम कानूनले श्रमिकले एक वर्षभन्दा बढी र पाँच वर्षभन्दा कम काम गरेको छ भने कम्पनीले २१ दिन बराबरको न्यूनतम तलब वार्षिक रूपमा हिसाब हुने गरी उपदान दिन पर्ने व्यवस्था गरेको छ ।

रोजगारदाता परिवर्तन गर्नेको हकमा नयाँ रोजगारदाताले भिसा र भर्ना प्रक्रियाको लागि पुरानो रोजगारदातासँग आवश्यक समन्वय गर्नपर्नेछ । कम्पनीलाई पूर्व जानकारी दिएर देश छाडेमा त्यसको तीन महिनाभित्रमा अर्को नयाँ कामका लागि यूएई जान पाइने छ ।

तर यदि जानकारी नदिई देश छाडेको खण्डमा श्रमिकलाई यूएई प्रवेशमा एक वर्षसम्म प्रतिबन्ध लगाउनका लागि रोजगारदाताले यूएईको श्रम विभागसँग अनुरोध गर्न सक्नेछन् ।

नयाँ श्रम कानून कार्यन्वयमा आएसंगै त्यहाँ कार्यरत लाखौ नेपाली श्रमिकक पनि लाभान्वित हुने अपेक्षा गरिएको छ । यूएईमा विभिन्न क्षेत्रमा गरी करिव साढे चार लाख नेपाली कार्यरत रहेको पाइन्छ ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  ९ : ०० बजे

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना