यूएईमा नयाँ श्रम कानून कार्यान्वयनमा, नेपाली श्रमिक पनि लाभान्वित « Khabarhub

यूएईमा नयाँ श्रम कानून कार्यान्वयनमा, नेपाली श्रमिक पनि लाभान्वित



दोहा– नेपाली श्रमिकको प्रमुख श्रम गन्तब्य यूएईमा बुधबारदेखि नयाँ श्रम कानून कार्यान्वयनमा आएको छ । नयाँ श्रम कानूनले श्रमिकको बिदादेखि करार, कागजात जफत लगायतको बारेमा पहिलेको श्रम कानूनमा परिवर्तन गर्दै नयाँ व्यवस्था गरेको छ ।

यूएईले पुरानो श्रम कानूनमा व्यापक परिवर्तन गर्दै ल्याएको नयाँ श्रम कानूनले श्रमिकको हित हुनेछ । यूएईको पुरानो श्रम कानून अनुसार श्रमिकको लिमिटेड र अनलिमिटेड गरी दुई प्रकारको करार सम्झौता थियो । तर नयाँ श्रम कानूनले लिमिटेड करार मात्र तोकेको त्यहाँको मानव संशाधन मन्त्रालयलाई उदृत गर्दै गल्फ न्युजले जनाएको छ ।

यसअघिको श्रम कानून अनुसार पासपोर्ट लगायत आधिकारिक कागजात रोजगारदाताले जफत गरेर राख्ने गरेको पाइन्थ्यो । तर नयाँ श्रम कानून अनुसार रोजगारदाताले श्रमिकको आधिकारिक कागजात जफत गरेर राख्न पाउँदैनन् र पासपोर्ट पनि राख्न पाउँदैनन् ।

यस्तै, नयाँ श्रम कानून अनुसार महिला कामदारले ४५ दिनको तलबी सुत्केरी बिदा पाउँछन् भने उनीहरूले चाहेमा थप १५ दिन लम्ब्याउन पनि सक्छन् । तर त्यो १५ दिनको भने आधा मात्र तलब पाइने व्यवस्था गरिएको छ । श्रमिकको परिवारको सदस्यको मृत्यु भएमा ५ दिन र आफन्तको मृत्यु भएमा ३ तीन दिन तलबी बिदा पाउने व्यवस्था छ ।

पहिले ६ महिनाको परीक्षणकालिन समयमा रोजगारदाताले चाहेमा श्रमिकलाई कुनै जानकारी बिना नै कामबाट निकाल्न सक्थें । तर अहिले ल्याएको नयाँ श्रम कानूनले श्रमिकलाई कामबाट निकाल्नुभन्दा कम्तीमा १४ दिनको जानकारी दिनपर्छ । अहिले श्रमिकले काम परिवर्तन गर्न चाहेमा रोजगारदातालाई एक महिनाको समय र देश नै छोड्न चाहेमा १४ दिनको पूर्व जानकारी दिनपर्छ ।

यूएईको नयाँ श्रम कानूनले श्रमिकले एक वर्षभन्दा बढी र पाँच वर्षभन्दा कम काम गरेको छ भने कम्पनीले २१ दिन बराबरको न्यूनतम तलब वार्षिक रूपमा हिसाब हुने गरी उपदान दिन पर्ने व्यवस्था गरेको छ ।

रोजगारदाता परिवर्तन गर्नेको हकमा नयाँ रोजगारदाताले भिसा र भर्ना प्रक्रियाको लागि पुरानो रोजगारदातासँग आवश्यक समन्वय गर्नपर्नेछ । कम्पनीलाई पूर्व जानकारी दिएर देश छाडेमा त्यसको तीन महिनाभित्रमा अर्को नयाँ कामका लागि यूएई जान पाइने छ ।

तर यदि जानकारी नदिई देश छाडेको खण्डमा श्रमिकलाई यूएई प्रवेशमा एक वर्षसम्म प्रतिबन्ध लगाउनका लागि रोजगारदाताले यूएईको श्रम विभागसँग अनुरोध गर्न सक्नेछन् ।

नयाँ श्रम कानून कार्यन्वयमा आएसंगै त्यहाँ कार्यरत लाखौ नेपाली श्रमिकक पनि लाभान्वित हुने अपेक्षा गरिएको छ । यूएईमा विभिन्न क्षेत्रमा गरी करिव साढे चार लाख नेपाली कार्यरत रहेको पाइन्छ ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  ९ : ०० बजे

वनमन्त्री चौलागाईंद्वारा एनटिएनसीको संरक्षण प्रयासको प्रशंसा

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले राष्ट्रिय प्रकृति संरक्षण कोष

चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका

बढ्दो विदेशी मुद्रा सञ्चिति : अनुत्पादक बोझ कि समृद्धिको अवसर ?

काठमाडौं- नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा देश आर्थिक रूपमा निकै

म्यान्मामा पाँच वर्षपछि आम चुनाव

याङ्गुन- म्यान्मामा आइतबार पाँच वर्षपछि पहिलो पटक आम निर्वाचनको पहिलो

आठौँ बागलुङ महोत्सव सुरु

गलकोट– आठौँ बागलुङ महोत्सव आजदेखि सुरु भएको छ । बागलुङ