नेपाल आउने पर्यटकको संख्या बढ्न थाल्यो– पर्यटन बोर्ड « Khabarhub

नेपाल आउने पर्यटकको संख्या बढ्न थाल्यो– पर्यटन बोर्ड


२० माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड–१९ महामारीले नराम्ररी थलिएको मुलुकको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिँदैछ । कोभिडको तेस्रो लहरसम्म आइपुग्दा महामारीको असहज परिस्थितिमा पनि विदेशी पर्यटक आगमन सकारात्मक पाइएको छ ।

कोभिडको पछिल्लो ओमिक्रोन भेरियन्टको त्रासले पर्यटन क्षेत्र निकै सशङ्कित भए पनि यसको प्रभाव कम रहेको र कोभिड विरुद्धको खोप आधाभन्दा बढी जनसङ्ख्याले लगाइसकेकाले पर्यटन क्षेत्र विस्तारै चलायमान हुने देखिन्छ । पर्यटक आगमनको पछिल्लो आँकडाले पनि यसलाई पुष्टि गर्छ ।

अध्यागमन विभागलाई उधृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२२ को जनवरी महिनामा १६ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । जनवरीमा हवाई मार्ग भएर १६ हजार ९७५ विदेशी पर्यटक नेपाल आएका हुन् ।

अघिल्लो सन् २०२१ को सोही महिनामा आठ हजार ८७४ विदेशी पर्यटक नेपाल आएका थिए । जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा ९१.३ प्रतिशत बढी हो । जनवरीमा नेपालबाट १७ हजार ९८४ विदेशी बाहिरिएका छन् ।

विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत विदेशी पर्यटक आवागमनको यो सुधारले पर्यटन क्षेत्रलाई केही हदसम्म सकारात्मक ऊर्जा प्रदान गरेको पर्यटन बोर्डको बुझाइ छ । बोर्डका निर्देशक मणिराज लामिछानेले महामारीको असहज परिस्थितिका बीच अहिलेको पर्यटक आगमनलाई सुधारात्मक र सकारात्मक मान्छन् ।

उनले भने, ‘अघिल्लो वर्षको सोही महिनाको तुलनामा अहिलेको असहज परिस्थितमा पनि १६ हजार बढी पर्यटक भित्रिनु निकै सकारात्मक पक्ष हो, यसले के सन्देश दिन्छ भने नेपालमा अब नेपालमा वास्तविक पर्यटक आउन थाले, पर्यटन क्षेत्रलाई सकारात्मक ऊर्जा पैदा भएको छ, यो सङ्ख्या हेर्दा नेपालमा पर्यटक आउन थाले भन्नुपर्छ ।’

यो पटक सार्क मुलुकबाट सबैभन्दा बढी पाँच हजार ५०५ पर्यटक आएका छन् । यसमा पनि छिमेकी मुलुक भारतबाट सबैभन्दा धेरै तीन हजार ९१६ र बङ्गलादेशबाट एक हजार २३१ पर्यटक नेपाल भित्रिएका छन् ।

युरोपबाट तीन हजार ५२७, एसिया तथा अन्य मुलुकबाट एक हजार ११४, अमेरिका र क्यानाडाबाट तीन हजार ६१८, अष्ट्रेलिया र न्यूजिल्याण्डबाट एक हजार २४० र अन्य मुलुकबाट एक हजार ९७५ पर्यटक नेपाल आएका छन् ।

सन् २०२१ मा एक लाख ५० हजार ९६२ र सन् २०२० मा दुई लाख ३० हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार  ९ : ३० बजे

स्वास्थ्यमन्त्री मेहता र भारतीय समकक्षी नड्डाबीच भेटवार्ता

काठमाडौं – स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका

चीन–युरोप अन्तरिक्ष सहकार्यमा ऐतिहासिक सफलता, ‘स्माइल’ उपग्रह प्रक्षेपण

फ्रेन्च गिआना – चिनियाँ विज्ञान प्रतिष्ठान र युरोपेली अन्तरिक्ष एजेन्सी

काठमाडौंको गोठाटारबाट पेस्तोलसहित एक जना पक्राउ

काठमाडौं – प्रहरीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार पहेँलो पुलबाट

आईपीएल : कोलकाता र मुम्बईबीचको खेल वर्षाले रोकियो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत कोलकाता नाइट राइडर्स

थप ३०४ जना सहकारी पीडितले फिर्ता पाए बचत

काठमाडौं – सरकारले समस्याग्रस्त सहकारीका थप ३०४ जना साना बचतकर्ताको