मिथिलाञ्चलमा १५ दिने मध्यपरिक्रमा महोत्सव सुरु « Khabarhub

मिथिलाञ्चलमा १५ दिने मध्यपरिक्रमा महोत्सव सुरु


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर – मिथिलाञ्चलमा आजदेखि १५ दिने मध्यपरिक्रमा महोत्सव सुरु भएको छ ।

फागुन औँसीदेखि पूर्णिमासम्म मनाइने महोत्सवमा धनुषाको कचुरी गाउँस्थित मिथिला बिहारी मठबाट रामजानकीको डोला जनकपुरधामको रत्नसाग मठ हुँदै जानकी मन्दिर ल्याइन्छ ।

त्यहाँबाट जानकीको डोला र जनकपुरका अन्य मठमन्दिरबाट ल्याइएका डोलासमेत समावेश गरेर परिक्रमा यात्रा प्रारम्भ हुने गर्छ । बिहीबार बिहान मिथिला बिहारीबाट उठाइने रामजानकीको डोलामा मधेस प्रदेशका उद्योग पर्यटन तथा वनमन्त्री सत्रुधन महतोसमेत सहभागी हुनेछन् ।

डोलापछि परम्परागत बाजाँगाजासहितका मौलिक पहिरनमा लाखौँ नरनारी सहभागिता हुने गर्छन् । लावा लस्करसहितका मिथिलाको चारै स्थानमा रहेका धार्मिक स्थलको परिक्रमा गर्ने गर्छ ।

१५ दिने परिक्रममा अन्तर्गत  क्रमश जनकपुरको हनुमान नगर,  बिहारको कलनास्थित कल्यानेश्वर,भारतकै फूलहरस्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, धुव्रकुण्ड, कञ्चनवन, पर्वता,  धनुषाधाम, सतोखर, औरही,  करुण (भारत), विसौल (भारत) र यात्राको अन्तिम दिन अर्थात १५ औँ दिन जनकपुरको अन्तरगृहपरिक्रम गरी मध्यपरिक्रमा सम्पन्न हुने सुन्दरसदनका कुट्टीका महन्थ नवलकिशोर शरणले जानकारी दिए ।

नेपालका धनुषा, महोत्तरी तथा भारतको बिहारका दर्जनौ धार्मिक ऐतिहासिक ठाउँ समेट्ने परिक्रमा नेपालको ९० किलोमिटर र भारतको ३० किलोमिटर गरी १ सय २० किलोमिटर भूभागको परिक्रमा गरिन्छ । बृहत्त, मध्य र अन्तरगृह गरी तीन प्रकारका परिक्रमा मनाइन्छ ।

मध्यपरिक्रमको सुरुवात १८औँ शताब्दीभन्दा अघि भएको साहित्यकार डा.राजेन्द्र विमलले बताए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  १० : ३५ बजे

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम

उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाबाट धन्यवाद ज्ञापन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

रास्वपाबारे खुश्बु ओली : धोका पायौँ, अबदेखि विश्वास गर्नै नसकिने उदाहरण बन्यो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओलीले राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशंकरबीच मौरिससमा भेटवार्ता

काठमाडौं- भारतीय विदेश मन्त्री एस. जयशंकर र परराष्ट्र मन्त्री शिशिर