कोभिडका कारण डिप्रेसनका बिरामी २५ प्रतिशतले बढे : डब्लूएचओ « Khabarhub

कोभिडका कारण डिप्रेसनका बिरामी २५ प्रतिशतले बढे : डब्लूएचओ


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वव्यापी रुपमा चिन्ता र डिप्रेसनका घटना (केस) वृद्धि भएको जनाएको छ । डिप्रेसन र चिन्ताका घटनामा २५ दशमलब ६ प्रतिशतले वृद्धि भएको संगठनले जनाएको हो  ।

कोभिडले मानिसको मानसिक स्वास्थ्यमा गम्भीर असर गरेकोले यस्ता घटना विश्वव्यापी रुपमा वृद्धि भएको डब्लूएचओको भनाई छ ।
साथै, सन् २०२० मा प्रमुख डिप्रेसिभ डिसअर्डरका केसहरुमा २७ दशमलब ६ प्रतिशतले वृद्धि भएको थियो ।

डब्लूएचओका स्वास्थ्य तथा पदार्थ प्रयोग विभागका ब्रान्डन गे्रले भनेका छन्, ‘आकारका हिसाबले यो निकै ठूलो वृद्धि हो ।’ मानिसको मानसिक स्वास्थ्य र खुसीले कोभिडको-१९ को ठूलो प्रभाव रहेको ब्रिफिङले देखाएको उनले बताए ।

उच्च दैनिक संक्रमण दरको सन्दर्भमा कोभिडले ठूलो असर गरेको स्थानमा बृहत वृद्धि देखिएको थियो ।  पुरुषभन्दा महिला र किशोरीहरु कोभिडबाट प्रभावित भएका थिए । 

महामारीको समयमा महिलाहरु सबैभन्दा बढी प्रभावित भएको अक्टोबरको सुरुमा सार्वजनिक भएको एउटा प्रतिवेदनमा दर्शाइएको थियो ।
कोभिड महामारीको प्रारम्भिक वर्षमा मात्र डिप्रेसन र चिन्ताका बिरामीहरुको संख्या एक चौथाइले बढेको ल्यान्सेटको एउटा अध्ययनले देखाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  १२ : ५४ बजे

बालेनप्रति महामन्त्री आचार्यको टिप्पणी : ‘म आफैँ एक्स्ट्रा अर्डिनरी बन्ने कोसिस गर्दैछु’

काठमाडौं– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले प्रधानमन्त्री

रासायनिक मल सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन

काठमाडौं– नेपालमा रासायनिक मल कारखाना स्थापना भएका खण्डमा उत्पादित मलको

संसद्‍मा ध्रुवराज राईले भने- ‘कुरा त्यही हजुर, धन्यवाद’

काठमाडौँ– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले यसअघिका बैठकमा आफूले

निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव

काठमाडौं– संज्ञा निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव गरिएको छ । 

निजामती विधेयक : अनिवार्य अवकाशको उमेर ६० वर्ष प्रस्ताव, तर विधेयक लागू हुँदा भने ५५-३० लागू हुने

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको संघीय निजामती सेवा सम्बन्धी