तत्काल नेपाल स्काउटका सबै निकायको निर्वाचन गर्न माग « Khabarhub

तत्काल नेपाल स्काउटका सबै निकायको निर्वाचन गर्न माग


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल स्काउटलाई बचाउन लोकबहादर भण्डारी संयोजक रहेको तदर्थ समिति खारेज गरि तत्काल नेपाल स्काउटका सबै निकायको निर्वाचन गर्न स्काउट बचाउ अभियानले माग गरेको छ ।

बिहीबार काठमाडौँमा पत्रकार सम्मलेन गर्दै अभियानले भण्डारी संयोजक रहेको तदर्थ समिति अवैधानिक र असक्षम भएको भन्दै खारेज गर्न सम्बन्धित निकायसँग माग गरेको हो । अभियानले स्काउट कार्यक्रमको बाहनामा नेपाल सरकारको आर्थिक नियमावलीविपरित खर्चहरु गरेको र जसको कारण नेपाल स्काउटमा चरम भ्रष्टाचार भएको पनि दाबी गरेको छ ।

स्काउटलाई राजनीतिक दलको भर्ती केद्र बनाउने व्यक्तिहरुलाई समेत कारबाहीको गर्न अभियानले माग गरेको छ । अभियानले तदर्थ समितिले आर्थिक लाभका कारण नेपाल स्काउटको सार्वजनिक जग्गामा बिना टेण्डर व्यापारीक प्रयोजनको लागि भाडामा दिई संरचना बनाउन दिएकोमा पनि आपत्ति जनाएको छ । पत्रकार सम्मेलनमा स्काउटको सल्लाहकार तथा गल्र्स सह–प्रमुख पुष्पलता भट्टराईले तदर्थ समितिले स्काउटको मुल्य, मान्यता र तालिमको मर्मविपरित काम गरेको आरोप लगाए।

अभियानले नेपाल स्काउटको स्कार्प र लेटरप्याड परिवर्तन गरेकोमा पनि आपत्ति जनाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  २ : ४७ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको