गुमनाम तेह्रथुमकाे सुजेपु झरना « Khabarhub

गुमनाम तेह्रथुमकाे सुजेपु झरना


१९ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम– तेह्रथुमको लालीगुराँस नगरपालिका-९ मा रहेको सुजेपु झरना प्रचारप्रसार तथा संरक्षणको अभावमा गुमनाम बन्दै गएको छ ।

मध्यपहाडी लोकमार्गनजिकै रहेको यो झरना पर्यटकीय रूपमा प्रचुर सम्भावना बोके पनि संरक्षण र प्रचारप्रसार नहुँदा गुमनाम झैँ बनेको हो ।

बसन्तपुर बजार, लसुने, काँडे हुँदै पुग्न सकिने यो झरनामा सवारी साधानको यात्रापछि करिब आधा घण्टा पैदल हिँडेपछि पुग्न सकिन्छ । झरनालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न स्थानीयवासी संरक्षणमा जुट्दै आएको स्थानीय दिलकुमार लिम्बूले बताए । उनी भन्छन्, ‘यो झरना पर्यटकीय रूपमा विकास गर्न हामी स्थानीयले चासो दिँदै आएका छौँ । तर, प्रचारप्रसारको अभावले खासै चर्चामा आएको छैन । यो झरनालाई पर्यटकीय रुपमा विकास गर्ने हो भने तेह्रथुम थप पर्यटकीय गन्तव्य बन्नेछ ।’

केही साताअघि मात्र झरनालाई पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली कथानक चलचित्र तिमी कसकाे ? यहाँ छायांकन गरिएको चलचित्रका निर्माता तथा निर्देशक जीवन श्रेष्ठले बताए । ‘ग्रामीण स्तरमा लुकेर रहेका, तर सम्भावना बोकेका ऐतिहासिक तथा पर्यटकीय गन्तव्यहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ हामीले यो झरनासहित तेह्रथुमको विभिन्न पर्यटकीय स्थलहरूमा चलचित्र छायांकन गरेका छौ,’ श्रेष्ठले भने ।

६५ मिटर लामो झरना अफैँमा सौन्दर्यताले भरिपूर्ण छ । पर्यटकीय रूपमा प्रचुर सम्भावना रहे पनि सरकारको आँखा पुगेको छैन । झरनाको प्रचारप्रसारसँगै स्थानीयवासी संरक्षणमा जुट्दै आएको स्थानीय नविन भट्टराईले बताए । ‘झरनालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सरकारले पनि सहयोग गर्छ भन्ने आशा छ । यो झरना स्थानीयको मात्र नभई तेह्रथुमकै गहना भएकाले संरक्षणमा चासो देखाउन सरकारसँग आग्रह गर्छु, ’ उनले भने ।

झरनालाई प्रचारप्रसारसँगै संरक्षणमा जुट्दै पर्यटकहरू भित्र्याउने हो भने यहाँको स्थानीय उत्पादनमा समेत प्रवर्द्धन गर्ने टेवा पुग्नेछ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार  ३ : ४४ बजे

सर्लाहीमा करेन्ट लागेर एक महिलाको मृत्यु

सर्लाही – चापाकलमा जोडेको मोटरबाट करेन्ट लाग्दा रामनगरका एक महिलाको

‘नेपाल–भारतबीच पत्रकारिता क्षेत्रमा सहकार्य विस्तारमा जाेड’

भैरहवा – नेपाल र भारतका सञ्चारकर्मीले दुई देशबीचको सम्बन्धलाई थप

भियतनाम : १० हजार कैदीबन्दी रिहा गरिने

हनोई – भियतनामले हालै भएको संसदीय निर्वाचनको अवसरमा विदेशीसहित करिब

कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध बनाएर लैजानुपर्छ : माधव नेपाल

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार