‘म काठमाडौंमा मेयरको उम्मेदवार बन्न तयार छु’ « Khabarhub

‘म काठमाडौंमा मेयरको उम्मेदवार बन्न तयार छु’



नेपाल सुशासन पार्टीका अध्यक्ष रमेशप्रसाद खरेल काठमाडौं महानगरपालिकाको मेयर उठ्ने तयारीमा लागेपछि पुनः चर्चामा छन्। नेपाल प्रहरीमा २९ वर्ष काम गरेर प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट अवकाश लिएका खरेल कुशल प्रहरी अधिकृतको छवि बनाएका पूर्वप्रहरी अधिकारी हुन्। नेपाल प्रहरीमा रहँदा अपराधविरुद्धको कठोर प्रस्तुतिका कारण निकै चर्चित रहेका खरेल अहिले आफ्नै दलमार्फत् सक्रिय छन्। नेपाल प्रहरीमा रहँदा बनाएको सेलिब्रेटी छवि उनले अवकाशपछि भ्रष्टाचार विरोधी अभियन्ताको रुपमा केही वर्ष निरन्तरता दिएसँगै पछिल्लो समय सुशासन पार्टीको रुपमा अगाडि बढाएका छन्। नेपालमा बढ्दो राजनीतिक दलको होडसँगै सुशासन पार्टीको स्थानीय चुनावको तयारी र अवस्था, खरेल काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने तयारी लगायत विषयमा खबरहब सहकर्मी लक्ष्मण फुयालले लिएको अन्तर्वार्ताको सम्पादित अंश :

तपाईंले गठन गर्नुभएको नयाँ दल नेपाल सुशासन पार्टीको स्थानीय चुनावको तयारी कस्तो छ ?

स्थानीय निर्वाचनमा हाम्रो ७७ जिल्ला उपस्थिति छैन्। हामीले १३ जिल्लामा जिल्ला कमिटी गठन गरेका छौँ। गठन भएको १३ जिल्लाबाट हामीले स्थानीय चुनावमा उम्मेदवार खडा गर्छौं। हामी उठ्नका लागि उठ्दैनौ। राम्रो योगदान दिनको लागि उठ्छौं। हाम्रो चाहना आम दाजुभाइमा राम्रो योगदान दिन सकियोस् भन्ने हुन्छ। उम्मेदवार छनोट गर्दा त्यस्तो मान्छेको पहिचान गरेर छनोट गर्छौ। राम्रो व्यक्तिको पहिचान गर्न सकेनौं भने हामी उठ्दैनौं। हामीले राम्रो डेलिभरी गर्न नसक्ने अवस्था देख्यौ भने अर्को पाँच वर्ष कुर्छौ। अर्को पाँच वर्ष संगठन विस्तार गर्छौ, अनि उठ्छौ। तर, यस्तो मान्छे जसले चै धोका नदिइयोस्, सुशासनको एजेन्डा लिएर अगाडि बढोस् र आमदाजुभाइ दिदीबहिनीलाई राहत दिनसकोस्। जुन ठाउँमा राम्रो प्रस्तुति गरिरहेका राम्रो काम गरिरहेका, राम्रो दर्शन बोकेका जुनसुकै पार्टीका मान्छे भए पनि उनीहरुलाई हामी समर्थन गर्छौ।

हाम्रो एउटै उद्देश्य भनेको यो देशमा सुशासन कायम हुनुपर्‍यो। यो देशमा जुन लुटतन्त्र छ, त्यसको अन्त्य हुनुपर्छ। लुटेरहरू जसले आमदाजुभाइ दिदीबहिनीको मत लिएर लुटेका छन्। धोका दिएका छन्, उनीहरूलाई कानुनी दायरामा ल्याउनुपर्छ ।

हाम्रो एउटै उद्देश्य भनेको यो देशमा सुशासन कायम हुनुपर्‍यो। यो देशमा जुन लुटतन्त्र छ, त्यसको अन्त्य हुनुपर्छ। लुटेरहरू जसले आमदाजुभाइ दिदीबहिनीको मत लिएर लुटेका छन्। धोका दिएका छन्, उनीहरूलाई कानुनी दायरामा ल्याउनुपर्छ । सशक्त ढङ्गले कानुनको दायरामा ल्याएर कानुनको प्रक्रिया अनुसार कारवाहीको घेरामा आउनुपर्‍यो। आमजनताले उम्मेदवारलाई कसरी हेरेका छन् ? उसको इतिहास कस्तो छ ? पहिला उसले सेवा गर्ने मौका पाएको छ कि छैन ? समाजले कति स्वीकार गर्छ यसलाई हेरेर हामी उम्मेदवारी दिन्छौं।

नेपाल सुशासन पार्टीको संगठनको अवस्था कस्तो छ ?
हामीले नेपाल सुशासन पार्टीको आधिकारिक घोषणा गरेको तीन महिना भयो। भर्खरै निर्वाचन आयोगमा दर्ता भएका छौं। हामी कुनै अपराधिक पूष्ठभूमिको, ठेकेदारी पूष्ठभूमिका मान्छेलाई चुनावमा उठाउँदैनौं। उम्मेदवारको अध्ययन अनुसन्धान गरेर इतिहास विवरणको पाना हेरेर काम गछौँ। हामीले जुन ठाउँमा जित्छौ शतप्रतिशत आम जनताको सेवा गर्छौ। बरु थोरै ठाउँमा उठ्छौँ। नेपाल सुशासान पार्टीले ३३ वर्षदेखि विभिन्न राजनीतिक दलले दिएको धोकालाई निरन्तरता दिँदैन।

लुट्ने प्रवृत्तिलाई फेरि लाइसेन्स नदिनुहोस्। पाँच वर्षको लागि लाइसेन्स दिनु भनेको १५ वर्षपछि पर्नु हो। यसमा हामी विशेष विवेक प्रयोग गर्न अनुरोध गर्छौ।

तपाईंको दल नयाँ भयो अहिले अवस्था कस्तो छ ? जनतामा जान कस्तो काम गर्नुभएको छ ?

हामी नेपाली आमदाजुभाइ दिदीबिहिनीलाई हिजो विभिन्न राजनीतिक दललाई मत दिनुभयो। उनीहरुले ल्याएका घोषणापत्र अनुसार काम भयो कि भएन भनेर सोध्छौँ। यदि भएको छ भने हामी सलाम गर्छौं। हामी उनीहरुको प्रशंसा गर्छौं। जसले राम्रो काम गरेका छैनन् तिनलाई दण्डित गर्नुपर्छ भन्ने कुरा जनतासम्म पुर्याउँछौँ। उनीहरूलाई भोटबाट दण्डित गर्ने अधिकार आमजनतामा छ। हामीले आम जनतामा स्पष्ट रुपमा भनेका छौं। त्यस्तो मान्छेलाई तपाईं भोट नदिनुहोस्। लुट्ने प्रवृत्तिलाई फेरि लाइसेन्स नदिनुहोस्। पाँच वर्षको लागि लाइसेन्स दिनु भनेको १५ वर्षपछि पर्नु हो। यसमा हामी विशेष विवेक प्रयोग गर्न अनुरोध गर्छौ।

नेपाल सुशासन पार्टीको स्थानीय चुनावका लागि घोषणापत्र र प्रतिबद्धता पत्रका मूलभूत प्रतिबद्धताको तयारी कस्तो छ?

करिबकरिब हामीले सबै कुराको तयारी गरिसकेका छौँ। देशमा रहेको कुशासनलाई अन्त्य गर्ने हाम्रो प्रयत्न छ। कुशासनभित्र भ्रष्टचार पर्छ। कानुनी राज्य, सहभागिता, प्रभावकारीता, पारदर्शिता सबै कुरालाई ध्यानमा राखेर अगाडि बढ्छौँ।

तपाईंको काठमाडौं महानगरपालिकाको मेयर उठ्ने चर्चा छ, तयारी कस्तो गर्नुभएको छ ?

साथीहरुले रमेश सर, तपाईं काठमाडौंबाट उठ्ने हो कि भनेर मलाई सल्लाह दिनुभएको छ। यो सल्लाह अनुसार म पनि एउटा उम्मेदवार हुँ है भनेर आमदाजुभाइ दिदीबिहिनीको अगाडि जाने प्रस्ताव राखेको छु। यसमा अन्तिम निर्णय भएको छैन। हाम्रा साथी, शुभेच्छुक, स्थानीय व्यक्तिले आमजनताले भद्रभलादीले मलाई स्वीकार गर्नुभयो भने म उठ्छु। म उम्मेदवारको लागि तयार छु। म भन्दा राम्रो उम्मेदवार कुनै पार्टीको खडा हुन्छ भने उसलाई मेरो समर्थन हुन्छ।

काठमाडौं सहर अहिले विश्वकै प्रदूषित क्षेत्रको रुपमा पुगेको छ। जसले काठमाडौंलाई राम्रो गर्ने प्रण गर्छ, जसले राजनीति गरेर धोका दिन पाइदैन् ।

काठमाडौं सहर अहिले विश्वकै प्रदूषित क्षेत्रको रुपमा पुगेको छ। जसले काठमाडौंलाई राम्रो गर्ने प्रण गर्छ, जसले राजनीति गरेर धोका दिन पाइदैन् । मैले बारम्बार भनेको छु, ‘नेपाल आमाप्रति धोका दिन पाइँदैन। नेपाल आमाको रगत खान पाइदैन।’ अर्को उम्मेदवार राम्रो मान्छे देखेँ भने आफ्नो पद त्यागेर भए पनि सहयोग गर्छु। म खुला छु।

त्यसोभए काठमाडौंमा मेयर उठ्ने टुंगो लागेको छैन होइन त ?

मैले अघि नै भनिसके पक्का भएको छैन। यो विषयमा मेरो पार्टीका साथी स्थानीयलगायत सबैसँग छलफलमा छु। छलफल गरेर अगाडि बढ्ने सोचमा छु। म व्यक्तिगत रुपमा रमेश खरेल होइन, एक पार्टीको एउटा सिपाही हुँ। पार्टीबाट यस विषयमा निर्देशन आएमा यसलाई अस्वीकार पनि गर्दिन। म भन्दा राम्रो कुनै अन्य पार्टीको उम्मेदवार आएमा उसलाई सहयोग र साथ पनि दिन्छु।

आम दाजुभाइ दिदीबहिनी धैरे सचेत भइसक्नु भएको छ। हामी अरुभन्दा फरक छौं। हामी अन्य राजनीतिक दलजस्तो देश र जनतालाई अन्याय गर्दैनौँ।

नेपाल सुशासन पार्टी अरु दलको भन्दा के फरक छ ?

आम दाजुभाइ दिदीबहिनी धैरे सचेत भइसक्नु भएको छ। हामी अरुभन्दा फरक छौं। हामी अन्य राजनीतिक दलजस्तो देश र जनतालाई अन्याय गर्दैनौँ। हामी जे बोल्छौ त्यो गर्छौ । हामी जे भन्छौ त्यो गर्छौ। सुशासनको एजेन्डा, सुशासनको गुणस्तरलाई अक्षर–अक्षर शतप्रतिशत देखिनेगरी काम गर्छौ।

यसअघि खुलेका धेरै दल त सफल हुन सकेका छैनन्। आम जनतालाई कसरी विश्वास दिलाउनुहुन्छ?

हामीमा एउटा प्रतिबद्धता छ। हामी काममा समर्पित छौं। हामी जिम्मेवारी बहन गर्छौ। हामी नेपाल आमाको रगत खाँदैनौं। आम जनतालाई बेमानलाई भोट नहाल्न अनुरोध गर्छौं। आम मतदातालाई पाँच लिटर तेल, मासु चिउरा खान दिएको भरमा मतदान नगर्न आह्वान गछौँ। आज तपाईंले राम्रो मान्छेलाई भोट दिनुभएन भने भावी सन्ततिप्रति अन्यया गरेको देखिन्छ। अन्यय नगर्नुहोस्। पाप नगर्नुस्। तपाईं धेरै शक्तिशाली हुनुहुन्छ। आफनो मतको सदुपयोग गर्नुहोस् भनेर २ करोड ९० लाख जनतालाई आह्वान गर्छौ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  १० : १३ बजे

‘जिन्दगीमा हार जित भइरहन्छ’ भन्दै एमाले महासचिवले रास्वपा सिंगो टिमलाई दिए बधाई

काठमाडौँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आम निर्वाचनमा जितको

महेश बस्नेत पराजित भएको भक्तपुर-२ मा शोभा पाठकलाई १९ मत

काठमाडौं – भक्तपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा

समानुपातिकमा पनि रास्वपाकै वर्चस्व, कांग्रेस दोस्रो, राप्रपासँग एमालेको प्रतिस्पर्धा

काठमाडौं – प्रतिनिधि सभाको समानुपातिक निर्वाचनतर्फ हालसम्म ४६,०२० मत गणना

नेमकिपाको किल्ला भक्तपुर–१ मा रास्वपा विजयी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १ बाट राष्ट्रिय

चितवनमा रवि : तीन वर्षमा तेस्रो जित, निरन्तर आफ्नै रेकर्ड ब्रेक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले तीन