बाढी पहिरोका कारण ब्राजिलमा १४ जनाको मृत्यु « Khabarhub

बाढी पहिरोका कारण ब्राजिलमा १४ जनाको मृत्यु


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अविरल वर्षापछिको बाढी पहिरोमा ब्राजिलको रियो दि जेनेरियो राज्यमा १४ जनाको मृत्यु भएको छ । दुई दिनयता जारी वर्षाका कारण उत्पन्न प्राकृतिक प्रकोपमा अरु ५ जना बेपत्ता भएका छन् । 

प्रकोपमा मारिनेमा आठ बालबालिका समेत रहेको जनाइएको छ । अरु चार जना घाइते भएका छन् ।

भारी वर्षाले दक्षिणपूर्वी राज्यको एट्लान्टिक तटको ठूलो भाग प्रभावित भएको छ । आगामी दिनमा अझै धेरै वर्षा हुने अनुमान गरिएको छ ।

बाढीबाट मृत्यु हुनेहरूमा एक महिला र उनका ६ वर्षका सन्तान पनि रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

बाढीले उनीहरूको घर बगाएको थियो । उद्धार कार्यमा सघाउन संघीय सरकारले सैन्य विमान पठाएको राष्ट्रपति जैर बोल्सोनारोले बताएका छन् ।

६ साताअघि पेट्रोपोलिस सहरमा अविरल वर्षापछिको बाढीपहिरोमा २३३ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ११ : ५७ बजे

कांग्रेस संसदीय दलको बैठक बस्दै, को बन्ला दलको नेता ?

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक

सन्तान छोडेर तीन दशकदेखि हात्ती स्याहार्दै श्रीनारायण

जंगलको शान्त वातावरण, लहरै बाँधिएका ठूला–ठूला हात्तीको स्याहार सुसारमा बितेका

हर्क साम्पाङ श्रमदानका लागि दार्चुला हिँडे– ‘विदेशी ऋण लिइँदैन, देश आफैँ बनाइन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपीएलमा टिम डेभिडको जादू : १५ औँ ओभरमा ब्याटिङ गर्न गएर २५ बलमा ७० रन ?

काठमाडौँ – आईपीएलमा चेन्नईविरुद्ध बेङ्गलोरुका ब्याट्सम्यानले आइतबार राति जादु देखाए