युक्रेनमा युद्ध अपराध गरेको भन्दै रुसमाथि प्रतिबन्ध लगाउन जर्मनीको आह्वान « Khabarhub

युक्रेनमा युद्ध अपराध गरेको भन्दै रुसमाथि प्रतिबन्ध लगाउन जर्मनीको आह्वान


२० चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुसले युक्रेनको बुचा शहरमा युद्ध अपराध गरेको भन्दै रुसविरुद्ध युरोपेली युनियन ईयूले प्रतिबन्ध लगाउनुपर्ने माग गरेको छ ।

जर्मन उपचान्सलर एवम् अर्थमन्त्री रोबर्ट हबेकले रुसले उक्त शहरमा ‘संगीन युद्ध अपराध’ गरेको भन्दै यस्तो माग गरेका हुन् ।

जर्मनीको बिल्ड अखबारसँग कुराकानी गर्दै उनले भने, ‘यस्तो संगीन युद्धअपराधको जवाफ नखोजि बस्न सकिन्न ।’

उनले रुसविरुद्ध थप प्रतिबन्धबारे पनि ईयूका सदस्यहरुसँग कुराकानी भइरहेको बताए । उनले भने, ‘मेरो विचारमा अझ सशक्त प्रतिबन्धहरु चाहिएको छ । ईयूका हाम्रा साझेदारहरुसँग हामी यसको तयारीमा छौं ।

बुचाबाट रुसी सेना फर्किएपश्चात सामूहिक चिहानमा ३०० युक्रेनीको शव भेटिएपछि रुसले त्यहाँ गरेको भनिएको युद्ध अपराधबारे अनुसन्धान गर्न अन्तर्राष्ट्रिय दबाब सिर्जना भइरहेका बेला जर्मन उपचान्सलरको यस्तो भनाइ आएको हो ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ६ : ११ बजे

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर