चुनावी सभालाई सम्बोधन गर्न ओली झापा जाँदै « Khabarhub

चुनावी सभालाई सम्बोधन गर्न ओली झापा जाँदै


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदै छन्। गृह जिल्लासमेत रहेको झापामा चुनावी सभालाई सम्बोधन गर्न ओली बिहान १० बजे जाने भएका हुन्।

युवा नेता इन्द्र भण्डारीका अनुसार अध्यक्ष ओलीले जिल्लाको भद्रपुर, विर्तामोड र धुलाबारीमा हुने चुनावी सभालाई सम्बोधन गर्नेछन्।

स्थानीय तह निर्वाचन आउन भने १० दिन बाँकी छ। अध्यक्ष ओलीलाई गृह जिल्लामा निर्वाचन जिताउन पाँच दलीय गठबन्धन र राप्रपाका कारण चुनौती थपिँदै गएको छ।

उनको गृह नगर दमकमा पाँच दलीय गठबन्धनले राप्रपासँग सहकार्य गरेको छ। जसले गर्दा दमकमै यस पटक एमालेलाई निर्वाचन जित्न चुनौती थपिएको छ।

गठबन्धनका कारण जिल्लाको अन्य स्थानीय तहमा पनि मुस्किल पर्ने देखिएको छ। सोही कारण चुनावी माहोल बनाउन ओली आज झापा जान लागेका हुन्। अघिल्लो पटक झापाको स्थानीय तहमा पनि एमाले पहिलो दल बनेको थियो।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ८ : ५१ बजे

ट्रम्प र जेलेन्स्कीबीच फ्लोरिडामा भेटवार्ता हुने

किएभ – रुसको आक्रमण अन्त्य गर्ने प्रयासबारे छलफल गर्न यसै

बैतडीमा दुई दिनदेखि बेपत्ता व्यक्ति मृत फेला, हत्याको आशङ्का

बैतडी – दुई दिनदेखि बेपत्ता रहेका जिल्लाको शिवनाथ गाउँपालिका–२ सनकोट

प्रधानमन्त्री भन्छिन्, ‘देश नै तहसनहस हुँदा पनि चेतेनन्, अब पुरानै तरिकाले चल्दैन’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले विचार फरक भए पनि राष्ट्रिय हितका

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी