‘बाइक धेरै भएपछि काठमाडौँमा मान्छेहरुको जाम बढ्यो’ « Khabarhub

‘बाइक धेरै भएपछि काठमाडौँमा मान्छेहरुको जाम बढ्यो’

उपत्यकाका सडकहरु साइकलमैत्री बनाउन आवश्यक छ



गाउँमा त्यसै बगेर जाने पानी सहरमा किन्नु पर्ने रहेछ । सबैभन्दा पहिला यसको विकास तपाईंहरुले गर्नुपर्‍यो । सार्वजनिक ट्वाइलेटहरुमा पनि पैसा तिर्नु पर्ने हुदाँ त्यसलाई पनि कसरी व्यवस्थापन गर्न सकिन्छ, त्यो तपाईंहरुले हेर्नु पर्‍यो । फोहोरमैलालाई कुन कहाँ फाल्ने भनी डस्बिनको पनि व्यवस्थापन गर्नु आवश्यक छ ।

मानिसहरुको थकाई मेटाउन अथवा आराम गर्ने ठाउँ पनि छैन । धेरै पार्क भएपनि पैसा तिरेर मात्र भित्र जान पाइने हुँदा त्यसप्रति पनि ध्यानाकर्षण हुनु पर्दछ । जेब्राक्रसिङमा पनि बसहरू स्पीडमा ल्याउने र यात्रुसँग नराम्रो बोल्नेलाई पनि तपाईंहरुले कसरी हेर्नुहुन्छ ? साना साना खानेकुराहरू खाने ठाँउ जहाँ स्वस्थ्य खाने कुराहरू पाइयोस् । त्यसको व्यवस्थापन गराउनु पर्‍यो। गाउँबाट सहरमा बस्ने ठाउँ नभएकालाई कसरी व्यवस्थापन गर्नु हुन्छ भन्ने कुरा छ ।

सरकारी कर्मचारीहरूलाई बढि बसको व्यवस्थापन छ । जुन आफ्नो इच्छा अनुसार चलाएको पाइन्छ । त्यसलाई सही ढंगले नियन्त्रण गर्न सार्वजनिक बसको राम्रो व्यवस्थापन गराएर यो समयमा यो कार्यालयमा बस जान्छ भनेर समय निर्धारण गर्‍यो भने त्यसले गाडी किन्ने खर्च पनि बचाउँछ । प्राइभेट स्कुलहरुले धेरै स्कुल बसहरु जम्मा पारेको छ ।

त्यसलाई बच्चाहरुलाई १५ मिनेट हिँड्न सक्ने र ठूला बच्चाहरुलाई ३० मिनेट हिँड्ने बाटोको व्यवस्थापन मिलाउन सकियो भने गाडीको जुन चाप हुन्छ, त्यो चाप बाट मुक्त हुन्छौँ । अपाङ्ग अशक्त र बुद्धहरूको लागि कस्तो बाटो बनाउने भन्ने बारेमा पनि सोच्न पर्दछ । हामीकहाँ गाडी भएका मान्छे ठूला हुने र बाटोमा हिँड्ने मानिसहरु साना र हेपिएका प्राणीमा पर्दछन् । त्यसलाई कसरी गाडीवाला मान्छेहरूबाट बचाउने भन्ने बारे चिन्तन यहाँहरूले गर्न आवश्यक छ ।

बाइकहरु धेरै भएका कारणले मान्छेहरूको पनि धेरै जाम भएको देखिन्छ । त्यसलाई हजुरहरुले कसरी क्लियर गर्ने हो, गर्नुपर्छ । बाटो यो साइकल यात्रीहरूलाई पनि हुने बाइक यात्रीलाई पनि हुने गरि व्यवस्थापन गर्न सकियो भने एकदमै राम्रो हुन्थ्यो ।

(खबरहबद्धारा आयोजित ‘काठमाडौँ उपत्यकाको सडक साइकलमैत्री बनाउने’ बारे कार्यक्रममा शिक्षाविद् कोइरालाले राखेको धारणाको सम्पादित अंशः प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  १ : १२ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान