‘बाइक धेरै भएपछि काठमाडौँमा मान्छेहरुको जाम बढ्यो’ « Khabarhub

‘बाइक धेरै भएपछि काठमाडौँमा मान्छेहरुको जाम बढ्यो’

उपत्यकाका सडकहरु साइकलमैत्री बनाउन आवश्यक छ



गाउँमा त्यसै बगेर जाने पानी सहरमा किन्नु पर्ने रहेछ । सबैभन्दा पहिला यसको विकास तपाईंहरुले गर्नुपर्‍यो । सार्वजनिक ट्वाइलेटहरुमा पनि पैसा तिर्नु पर्ने हुदाँ त्यसलाई पनि कसरी व्यवस्थापन गर्न सकिन्छ, त्यो तपाईंहरुले हेर्नु पर्‍यो । फोहोरमैलालाई कुन कहाँ फाल्ने भनी डस्बिनको पनि व्यवस्थापन गर्नु आवश्यक छ ।

मानिसहरुको थकाई मेटाउन अथवा आराम गर्ने ठाउँ पनि छैन । धेरै पार्क भएपनि पैसा तिरेर मात्र भित्र जान पाइने हुँदा त्यसप्रति पनि ध्यानाकर्षण हुनु पर्दछ । जेब्राक्रसिङमा पनि बसहरू स्पीडमा ल्याउने र यात्रुसँग नराम्रो बोल्नेलाई पनि तपाईंहरुले कसरी हेर्नुहुन्छ ? साना साना खानेकुराहरू खाने ठाँउ जहाँ स्वस्थ्य खाने कुराहरू पाइयोस् । त्यसको व्यवस्थापन गराउनु पर्‍यो। गाउँबाट सहरमा बस्ने ठाउँ नभएकालाई कसरी व्यवस्थापन गर्नु हुन्छ भन्ने कुरा छ ।

सरकारी कर्मचारीहरूलाई बढि बसको व्यवस्थापन छ । जुन आफ्नो इच्छा अनुसार चलाएको पाइन्छ । त्यसलाई सही ढंगले नियन्त्रण गर्न सार्वजनिक बसको राम्रो व्यवस्थापन गराएर यो समयमा यो कार्यालयमा बस जान्छ भनेर समय निर्धारण गर्‍यो भने त्यसले गाडी किन्ने खर्च पनि बचाउँछ । प्राइभेट स्कुलहरुले धेरै स्कुल बसहरु जम्मा पारेको छ ।

त्यसलाई बच्चाहरुलाई १५ मिनेट हिँड्न सक्ने र ठूला बच्चाहरुलाई ३० मिनेट हिँड्ने बाटोको व्यवस्थापन मिलाउन सकियो भने गाडीको जुन चाप हुन्छ, त्यो चाप बाट मुक्त हुन्छौँ । अपाङ्ग अशक्त र बुद्धहरूको लागि कस्तो बाटो बनाउने भन्ने बारेमा पनि सोच्न पर्दछ । हामीकहाँ गाडी भएका मान्छे ठूला हुने र बाटोमा हिँड्ने मानिसहरु साना र हेपिएका प्राणीमा पर्दछन् । त्यसलाई कसरी गाडीवाला मान्छेहरूबाट बचाउने भन्ने बारे चिन्तन यहाँहरूले गर्न आवश्यक छ ।

बाइकहरु धेरै भएका कारणले मान्छेहरूको पनि धेरै जाम भएको देखिन्छ । त्यसलाई हजुरहरुले कसरी क्लियर गर्ने हो, गर्नुपर्छ । बाटो यो साइकल यात्रीहरूलाई पनि हुने बाइक यात्रीलाई पनि हुने गरि व्यवस्थापन गर्न सकियो भने एकदमै राम्रो हुन्थ्यो ।

(खबरहबद्धारा आयोजित ‘काठमाडौँ उपत्यकाको सडक साइकलमैत्री बनाउने’ बारे कार्यक्रममा शिक्षाविद् कोइरालाले राखेको धारणाको सम्पादित अंशः प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  १ : १२ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर