मनाङका गाउँमा बढ्यो निर्वाचनको चहलपहल « Khabarhub

मनाङका गाउँमा बढ्यो निर्वाचनको चहलपहल


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– हिमाली जिल्ला मनाङमा निर्वाचनको सरगर्मी बढेसँगै गाउँघरमा मानिसको चहलपहल बढेको छ ।

 निर्वाचनमा खटिने क्रममा नेता तथा कार्यकर्ताका कारण बजारसँगै ग्रामीण क्षेत्रमासमेत चहलपहल बढेको स्थानीयवासीले बताएका छन् । सहर केन्द्रित भएर बसेका नेता तथा कार्यकर्ता भोट माग्नका लागि गाउँतिर पसेका कारण ग्रामीण भेगमासमेत निर्वाचनको प्रभाव देखिएको छ । 

स्थानीय व्यापारीहरूका अनुसार निर्वाचनका उम्मेदवार चयनपछि झनै व्यापार व्यवसाय वृद्धि भएको छ । निर्वाचनले खास गरेर होटल व्यवसायी उत्साहित छन् । स्थानीय व्यापारी म्याक्स विश्वकर्माले निर्वाचनको घोषणा भएपछि गाउँ मानिसको चहलपहल बढेको बताए । निर्वाचनका गतिविधिका कारण व्यापार व्यवसायमासमेत वृद्धि भएको छ ।

विशेषगरि यसअघि काठमाडौं बसेका मनाङबासी अहिले गाउँ फर्किएर चुनावी अभियानमा लागेका छन् ।   

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  १ : ०६ बजे

कांग्रेसले आज देशभर पालिका अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले आज देशभर पालिका तहको अधिवेशन गर्दैछ ।

सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै गाडी गुडाउने तयारी

पाल्पा – निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिरदेखि नै सवारी साधन

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

भारी वर्षाको पूर्वानुमानपछि जोखिमयुक्त क्षेत्रमा सचेतना

काभ्रेपलाञ्चोक – सम्भावित भारी वर्षालाई दृष्टिगत गर्दै काभ्रेपलाञ्चोकका विभिन्न जोखिमयुक्त

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर