खोटाङको स्थानीय तह निर्वाचनमा अधिकांश पुरानै अनुहार « Khabarhub

खोटाङको स्थानीय तह निर्वाचनमा अधिकांश पुरानै अनुहार


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङका अधिकांश स्थानीय तहका प्रमुख उपप्रमुख पुन: दोहोरिने गरी उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका छन् ।

 ०७४ सालको स्थानीय तह निर्वाचनमा विजयी भएकामध्ये ११ जना पुन: दोहोरिने योजनामा छन् । जिल्लामा १० स्थानीय तह छन् त्यसमध्ये चार प्रमुख र सात उपप्रमुख पुन: उम्मेदवार बनेका छन् ।  

०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको उपमेयरमा निर्वाचित बीणादेवी राई पुन: सोही पदमा दोहोरिन गरी उम्मेदवार बनेकी छन् ।

हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेसबाट उपमेयरमा निर्वाचित विमला राई यसपटक मेयर बन्ने दौडमा छिन् । एमालेबाट ऐसेलुखर्क गाउँपालिकाकी उपाध्यक्ष निर्वाचित पुष्पकला भुजेल सोही पदमा दोहोरिने गरी चुनावी मैदानमा छिन् । यस्तै, केपिलासगढी गाउँपालिकाका एमालेबाट अध्यक्षमा निर्वाचित कृष्णकुमार राई पुन: दोहोरिने गरी उम्मेदवार बनेका छन् । 

खोटेहाङ गाउँपालिकामा एमालेबाट उपाध्यक्षमा चुनिएकी कविता राई यसपटक गाउँपालिका अध्यक्ष बन्ने दौडमा छिन ।  एमालेबाट जन्तेढुंगा गाउँपालिका अध्यक्षमा निर्वाचित शंकरबहादुर राई र उपाध्यक्षमा निर्वाचित विमला राई यथास्थानमा चुनिने गरी चुनावमा होमिएका छन् ।

बराहपोखरी गाउँपालिकामा कांग्रेसबाट अध्यक्षमा निर्वाचित सालिक बञ्जारा सोही पदमा दोहोरिने गरी उम्मेदवार बनेका छन् भने एमालेबाट उपाध्यक्षमा निर्वाचित गोमा मगर अध्यक्षमा पदउन्नतीमा होमिएकी छिन् । साकेला गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा चुनिएका अर्जुन खड्का र कांग्रेसबाट उपाध्यक्षमा चुनिएकी सरिता खड्का यथास्थानका लागि उम्मेदवार बनेका छन् । 

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनबाट दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजाल, हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई, ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौला, केपिलासगढी गाउँपालिकाकी उपाध्यक्ष हिरादेवी वन, खोटेहाङ गाउँपालिका अध्यक्ष प्रदीप राई, दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राई र उपाध्यक्ष सपना राई, रावाबेँसी गाउँपालिका अध्यक्ष लिलानाथ निरौला र समला राई बाहिरिएका छन् । 

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  १ : २५ बजे

धोबिखोला मिचेर बनाइएको ७ तल्ले घर भत्काउन सुरु

काठमाडौं- सरकारले काठमाडौंको अनामनगरस्थित धोबीखोला मिचेर बनाइएको ७ तले घर

गाउँमै चिस्यान केन्द्र सञ्चालन भएपछि कृषक उत्साहित

पर्वत– पर्वतको मोदीमा जिल्लामै पहिलोपटक चिस्यान केन्द्र सञ्चालन गरिएको छ

बालेनले विधि मासेर बल र संविधान छलेर सेनाको आडमा शासन गर्न खोजे : प्रभु साह

सिराहा– आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

काठमाडौं– विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज नेपाल पत्रकार महासङ्घले

अकबरे खुर्सानी खेती प्रवर्द्धन गर्दै पैयूँ गाउँपालिका

पर्वत– दक्षिण पर्वतको पैंयूँ गाउँपालिकाले अकबरे खुर्सानीखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन