तिलोत्तमा–९ का वडाअध्यक्ष आचारसंहिताविपरित चुनाव प्रचारमा « Khabarhub

तिलोत्तमा–९ का वडाअध्यक्ष आचारसंहिताविपरित चुनाव प्रचारमा


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– तिलोत्तमा नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष नारायण न्यौपाने निर्वाचन आचारसंहिता विपरित चुनाव प्रचारमा खटिएका छन् ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्री, स्थानीय कार्यपालिका तथा स्थानीय कार्यपालिकाका पदाधिकारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा सहभागी हुन नपाउने व्यवस्था छ ।

तर तिलोत्तमा नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष न्यौपाने नेपाली काँग्रेसले नगरका विभिन्न क्षेत्रमा आयोजना हुँदै आएको चुनावी कार्यक्रममा सहभागी हुँदै आएका छन् । उनी २०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसबाट वडाअध्यक्षमा निर्वाचित भएका हुन् । तिलोत्तमामा काँग्रेसबाट रामकृष्ण खाण मेयरको उम्मेदवार छन् ।

पार्टीका उम्मेदवारलाई जिताउन उनी विभिन्न वडामा सक्रिय हुँदै आएका छन् । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जननिर्वाचित वडाअध्यक्ष कुनै दल वा उम्मेद्वारको पक्षमा चुनाव प्रचारमा लागे त्यो आचारसंहिता विपरित हुने बताए । “वडाअध्यक्ष कुनै पनि चुनावी कार्यक्रममा सहभागी हुन पाइंदैन, त्यो आचारसंहिता विपरित हुन्छ”–उनले भने । भण्डारीले आचारसंहिता उल्लंघनको उजुरी आए कारवाही गर्ने बताए ।

वडाअध्यक्ष न्यौपानेले चुनावी कार्यक्रममा सहभागी हुँदै आएको बताए । “वडाअध्यक्षलाई त के लाग्ला र भनेर कार्यक्रमहरुमा सहभागी हुँदै आएको छु ”– उनले भने ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  २ : १४ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका