नेपालगञ्जमा ईदगाहमा चुनावी प्रचार | Khabarhub Khabarhub

नेपालगञ्जमा ईदगाहमा चुनावी प्रचार


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– ईस्लाम धर्मावलम्बीहरूको महान पर्व ‘ईद–उल–फित्र’ ईदका अवसरमा नेपालगञ्जको ईदगाहलाई स्थानीय तहको निर्वाचन प्रचार केन्द्रको रुपमा राजनीतिक दलहरूले प्रयोग गरेका छन् ।

Avatar

एक महिना लामो रमजानको उपवास  ‘रोजा’ पछि सामूहिक नमाज पढेर ईद मनाउने तयारी गरेका मुस्लिम समुदायसँग आफ्नो पक्षमा मतदान गर्नको लागि अपिल गर्दै राजनीतिक दलहरूले आ-आफ्नो स्टलहरु राखेका थिए ।

Avatar
ईदगाहको मस्जिद नजिकै र विपीचोकको मध्य सडकमा राप्रपाका उम्मेदवार नन्दलाल वैश्यले नमाजीहरूका लागि सर्वत र हलुवाको व्यवस्था गरेका थिए भने नजिकै एमालेका मेयरका उम्मेदवार पशुपति दयाल मिश्राको टेन्टमा पानी वितरण गरिएको थियो । 

मस्जिदको पुर्वपट्टी मयंक पेट्रोल पम्प नजिकै सत्ता गठबन्धनको कांग्रेस र संघीय समाजवादीका उम्मेदवार प्रशान्त विष्ट र कमरुद्दिन राईको टेन्ट राखिएको थियो । जसबाट पानी वितरण गरिएको थियो । नजिकै माओवादी केन्द्रको टेन्ट  थियो ।

Avatar

स्थान अभाव भएको कारण बाहिर सडकमै आफ्नो नमाज पढ्न बाध्य भएका नमाजीको सुविधाको भन्दा पनि राजनीतिक दलका उम्मेदवारलाई ईदको शुभकामना व्यक्त गर्दै मत माग्न हतार भएको थियो । नेपालगञ्जको ईदगाह ‘ईद–उल–फित्र’ ईदको नमाजभन्दा पनि निर्वाचनको प्रचार केन्द्र जस्तो देखिएको थियो ।

Avatar

सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, प्रहरी प्रमुख श्यामकृष्ण अधिकारी लगायतका सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो । 

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  २ : ३९ बजे

जेन–जी आन्दोलनमा ज्यान गुमाएकाका परिवारलाई १० लाख रुपैयाँ दिने प्रधानमन्त्रीको निर्णय

काठमाडौं– जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारलाई १० लाख रुपैयाँ

उपत्यका लगायत देशभरको जनजीवन सामान्य बन्दै

काठमाडौं– काठमाडौं उपत्यका लगायत देशभरको जनजीवन सामान्य बनेको छ ।  

अमेरिकाद्वारा अन्तरिम सरकारको स्वागत, चुनावमा सघाउने वचन

काठमाडौं– नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकोमा अमेरिकाले

प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै चिनियाँ विदेश मन्त्रालयले भन्यो– नेपालीको इच्छाअनुसार सघाउन तयार छौँ

काठमाडौं– उत्तरी छिमेकी मुलुक चीनले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई

नागरिक उनमुक्ति पार्टीका संरक्षक रेशम चौधरीबाट पार्टी परित्याग गरेको घोषणा (भिडियोसहित)

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी परित्याग गरेको