एलओडीमा गान्धी « Khabarhub

एलओडीमा गान्धी


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सोमबार साँझ एलओडी क्लबमा भारतका प्रभावशाली नेता तथा ‘कंग्रेस आइ’ का पूर्व अध्यक्ष राहुल गान्धी पुगेका थिए । 

बिना सुरक्षाकर्मी उनी त्यहाँ पुगेका थिए । जब उनी त्यहाँ पुगे तब क्लबको भित्रबाहिर सुरक्षा व्यवस्था कडा बनाइएको थियो । नेता गान्धी त्यहाँ पुग्दा क्लबका सञ्चालक कसैलाई थाहा थिएन । प्रभावशाली व्यक्ति क्लबमा पुग्दा क्लब सञ्चालक सबैजना सरप्राइज भएका थिए ।

एलओडीमा समय– समयमा भीआइपी व्यक्तिहरू देखा पर्ने गरेका छन् । यद्यपि नेता गान्धी बिना जानकारी क्लब पुगेका थिए । क्लबका अनुसार करिब २५ जनासहित गान्धी त्यहाँ बेलुकी ११ बजेर ४५ मिनेटमा पुगेका थिए । नेता गान्धी मध्यरातमा ठमेलस्थति एलओडी क्लब पुगे । उनी क्लबमा करिब डेढ घण्टा बसेका थिए । क्लबको अनुसार भिआइपी सेक्सनमा बसेर उनले ‘सफ्ट डिङ्रक’ मात्र खाएका थिए । क्लब भित्रको लाइट र संगीतसँगै केही क्षण हल्लिएको पनि देखिन्थे ।

नी भिस्तारा एयरलाइन्सको विमानबाट सोमबार अपरान्ह ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका नेता गान्धी पूर्व राजदूत भीम उदासकी छोरी सुम्‍निमा उदासको वैवाहिक समारोहमा बिहीबार सरिक हुने कार्यक्रम छ ।

 नेता गान्धीले पाँच दिन नेपालमा बिताउने छन् । नेपाल भ्रमणका क्रममा गान्धी रारा वा मुस्ताङ भ्रमणमा जान सक्ने स्रोतले बताएको छ । उनी शुक्रबार स्वदेश फर्कने छन् ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  २ : ४६ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका