मन्त्रालयको दबाबपछि रश्मिलालाई हटाउने निर्णयमा हस्ताक्षर गरेको हुँ : केशव स्थापित « Khabarhub

मन्त्रालयको दबाबपछि रश्मिलालाई हटाउने निर्णयमा हस्ताक्षर गरेको हुँ : केशव स्थापित


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेबाट काठमाडौँ महानगरपालिकाको प्रमुख पदका उम्मेदवार केशव स्थापितले रश्मिला प्रजापतिलाई यसअघि प्रमुख हुँदा आफूले नहटाएको स्पष्ट पारेका छन् ।

महानगरपालिकाका सफाइ कर्मचारीहरू प्रजापतिले शोषण गरेको भन्दै आन्दोलित भएको र अन्ततः प्रजापतिलाई मञ्चमा तानेर ल्याएपछि विवाद मिलाउने क्रममा सम्बन्धित मन्त्रालयका अधिकारीहरू बसेर हटाउने निर्णय गरेको र सोहीअनुसार कार्यकारी प्रमुखको हैसियतबाट आफूले निर्णयमा हस्ताक्षर मात्र गरेको बताए ।

काठमाडौँमा मंगलबार आयोजित ‘चर्चा र विवाद’ का विषयमा मतदातासँग अन्तरक्रिया गर्दै उनले महानगरपालिकामा रहँदा स्थायी कर्मचारीलाई अस्थायी नै भए पनि प्रजापतिले  ‘जागिर खाइदिने’ भनेर चेतावनी दिएको सुनिएको बताए । 

यदि आफूले हटाउन चाहेको भए रश्मिलालाई एक दिनमै हटाउन सक्ने तर पाँच वर्ष नहटाएको उनको भनाइ छ । रश्मिलासँग उनले अनुचित सम्बन्धका लागि कुरा नगरेको पनि स्थापितले दाबी गरे । 

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  २ : ५७ बजे

लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

लुम्बिनी– प्रदेश सरकारले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष

विश्वकप : उरुग्वेलाई साउदीको कडा चुनौती, बराबरी गर्दै आराउजोले जोगाए साख

मियामी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को आफ्नो

टीकापुरमा भूमिपूजाको रौनक

टीकापुर– मगर जातिको संस्कृतिसँग जोडिएको भूमिदेवताको पूजा गर्ने भूमिपर्व सुरुआत

विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

लस एन्जलस – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को

नेपालगञ्ज भन्सार : राजस्व सङ्कलनमा वृद्धि

बाँके– भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज