वित्तिय सुशासनको क्षेत्रमा इमानदारिता, स्वच्छता र जिम्मेवारीबोधको आवश्यकता : अर्थमन्त्री शर्मा | Khabarhub Khabarhub

वित्तिय सुशासनको क्षेत्रमा इमानदारिता, स्वच्छता र जिम्मेवारीबोधको आवश्यकता : अर्थमन्त्री शर्मा


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले वित्तिय सुशासनको क्षेत्रमा इमानदारिता, स्वच्छता र जिम्मेवारीबोधको आवश्यकता रहेको बताएका छन् । 

मंगलबार काठमाडौँमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले वित्तीय सुशासनका लागि लागि लेखापरीक्षण निकाय, नियमनकारी संस्थाहरूको भूमिका सही हुन नसक्ने त्यसले धेरै फरक पार्ने बताएका हुन् । उनले नियामक संघ–संस्थाहरूमा एउटा टुल्स प्रयोग गर्नेमा अर्को प्रयोग गरेमा त्यसले ठूलो चुनौती ल्याउने महसुस आफूले गरेको बताए । 

अर्थमन्त्री शर्माले टुल्स प्रयोग गर्दा व्यक्तिगत स्वार्थ राख्यो भने त्यसले राष्ट्रिय रूपमा ठूलो समस्या ल्याउने देखिएको जिकिर गरे । उनले अडिट भनिरहँदा हिसाबकिताब मात्र नभई देशको बिभिन्न क्षेत्रको अडिट गर्नुपर्ने बताए । उत्पादनको र कृषि जमिन, श्रम , देशको बहुआयामिक गरिबी लगायतको पनि अडिट गर्नुपर्ने उनको भनाई छ । उनले आजको दिनमा अर्थ क्षेत्रमा देखिएको समस्याको जिम्मेवार आफू भएपनि हिजो दिनमा भएका गलत अडिटको पनि खोजी गर्ने स्पष्ट पारे ।

उनले नेपालमा उत्पादनको क्षेत्र धेरै पनि तीन खर्बको खाद्यवस्तु आयात गर्नुपर्ने अवस्थाको पनि परिक्षण गर्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ३ : ०३ बजे

सुरेन्द्र पाण्डेले भने– अब पार्टीहरू व्यापक पुनर्गठन हुनुपर्छ

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले मुलुकमा राजनीतिक स्थिरता, शान्ति,

नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्ने

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्दैछिन् ।

मरिचका बिरुवा बेचेर मनग्य आम्दानी

गण्डकी- पोखरा महानगरपालिका–२८ स्याङखुदी टारीका किसान सूर्यमोहन बाँस्तोलाले यस वर्ष

गिद्धको सङ्ख्या बढेपछि संरक्षणकर्मी उत्साहित

कञ्चनपुर- सुदूरपश्चिम प्रदेशमा गिद्धको सङ्ख्या विगतको तुलनामा क्रमशः बढ्दै गएको

एसिया कप : आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तानले प्रतिस्पर्धा