वित्तिय सुशासनको क्षेत्रमा इमानदारिता, स्वच्छता र जिम्मेवारीबोधको आवश्यकता : अर्थमन्त्री शर्मा « Khabarhub

वित्तिय सुशासनको क्षेत्रमा इमानदारिता, स्वच्छता र जिम्मेवारीबोधको आवश्यकता : अर्थमन्त्री शर्मा


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले वित्तिय सुशासनको क्षेत्रमा इमानदारिता, स्वच्छता र जिम्मेवारीबोधको आवश्यकता रहेको बताएका छन् । 

मंगलबार काठमाडौँमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले वित्तीय सुशासनका लागि लागि लेखापरीक्षण निकाय, नियमनकारी संस्थाहरूको भूमिका सही हुन नसक्ने त्यसले धेरै फरक पार्ने बताएका हुन् । उनले नियामक संघ–संस्थाहरूमा एउटा टुल्स प्रयोग गर्नेमा अर्को प्रयोग गरेमा त्यसले ठूलो चुनौती ल्याउने महसुस आफूले गरेको बताए । 

अर्थमन्त्री शर्माले टुल्स प्रयोग गर्दा व्यक्तिगत स्वार्थ राख्यो भने त्यसले राष्ट्रिय रूपमा ठूलो समस्या ल्याउने देखिएको जिकिर गरे । उनले अडिट भनिरहँदा हिसाबकिताब मात्र नभई देशको बिभिन्न क्षेत्रको अडिट गर्नुपर्ने बताए । उत्पादनको र कृषि जमिन, श्रम , देशको बहुआयामिक गरिबी लगायतको पनि अडिट गर्नुपर्ने उनको भनाई छ । उनले आजको दिनमा अर्थ क्षेत्रमा देखिएको समस्याको जिम्मेवार आफू भएपनि हिजो दिनमा भएका गलत अडिटको पनि खोजी गर्ने स्पष्ट पारे ।

उनले नेपालमा उत्पादनको क्षेत्र धेरै पनि तीन खर्बको खाद्यवस्तु आयात गर्नुपर्ने अवस्थाको पनि परिक्षण गर्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ३ : ०३ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका