दाङमा दुई जनाको मृत्यु « Khabarhub

दाङमा दुई जनाको मृत्यु


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– तुलसीपुर उपमहानगरपालिका–१३ मा इनार खन्ने क्रममा भत्किँदा पुरिएका एक युवाको शव फेला परेको छ ।

तुलसीपुर उपमहानगरपालिका–१७ जमेराका २५ वर्षीय हरि चौधरीको शव तीन दिनपछि आज फेला परेको हो ।

गत शनिबार बिहान साजकुटीमा स्थानीय डिल्ली रोकाको घरमा इनार खन्ने क्रममा चौधरी माटोको ढिस्कोले पुरिएपछि स्काभेटर प्रयोग गरेर शव निकालिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्यालले जानकारी दिएका छन् ।

करिब ४० फिट गहिरो कुवा खन्ने क्रममा चौधरी पुरिएका थिए ।

यसैगरी खोलाले बगाउँदा बबई गाउँपालिका–४ हस्नापुरकी १७ वर्षीया सन्ध्या परियारको मृत्यु भएको छ ।

सोमबारको वर्षाका कारण बाढी आएका बेला हस्नापुर खोला तर्ने क्रममा उनलाई बाढीले बगाएको थियो । घटनालगत्तै प्रहरी टोलीले बगेको स्थानबाट १५० मिटर दक्षिणबाट उनको उद्धार गरेको थियो । गम्भीर अवस्थामा फेला परेका उनलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पुुर्‍याएलगत्तै मृत्यु भएको थियो ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ३ : १४ बजे

प्रधानमन्त्री भन्छिन्, ‘देश नै तहसनहस हुँदा पनि चेतेनन्, अब पुरानै तरिकाले चल्दैन’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले विचार फरक भए पनि राष्ट्रिय हितका

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत