जुम्लामा ७६ हजार मतपत्र पुग्यो « Khabarhub

जुम्लामा ७६ हजार मतपत्र पुग्यो


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको लागि जुम्लामा ७६  हजार मतपत्र आइपुगेकाे छ ।  मुख्य निर्वाचन अधिकृत कार्यालय जुम्लाका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायका अनुसार ७६ हजार मतपत्र आइपुगेको हाे ।

उनका अनुसार एक सय ५२ पेटिमा ७६ हजार मत पत्र जुम्ला आइपुगेको छ । मतपत्र प्याकिङ र निर्वाचन अधिकृतसँग जनशक्ति व्यवस्थापन लगायतका विषयमा छलफल समेत भइरहेको छ उपाध्यायले बताए । 

मुख्य निर्वाचन अधिकृत  तथा जिल्ला न्यायाधीश  जवाहरप्रसाद सिंहका अनुसार जुम्लालाई आवश्यक ६६ हजार मत पत्र भए पनि १० हजार मतपत्र बढी आएको छ  । 

मतपत्र नेपाली सेनाले सुरक्षाका साथ स्कटिङ गरेर सम्बन्धित मतदान स्थलसम्म स्थलमार्गबाट जुम्ला पुर्‍याइनेछ । नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापाका अनुसार नेपाली सेनाले जुम्लाका लागि कालिकोटबाट हावा र पानी नछिर्ने ठूलो कन्टिनजरमा स्टकटिङ गरेर मतपत्र जुम्ला ल्याएर मुख्य निर्वाचन कार्यालयमा बुझाइएको छ  ।

जुम्लामा ६७ हजार सात  ४४ मतदाता छन् । 

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ३ : २९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको