पाकिस्तानको कराँचीमा आपराधिक घटना बढ्दै « Khabarhub

पाकिस्तानको कराँचीमा आपराधिक घटना बढ्दै


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय पाकिस्तानको कराँचीमा अपराधका घटना बढ्दै गएको देखिएको छ । पाकिस्तानको आर्थिक केन्द्र मानिने कराँची शहरमा बालिकाहरु अपहरणमा पर्ने घटना बढ्दै गएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

केही समय कराँचीबाट १४ वर्षे बालिका अपहरणमा परेकी थिइन् । त्यसको केही दिनलगत्तै कराँचीको साउदावाद क्षेत्रबाट अर्की बालिका पनि अपहरणमा परेको डनले जनाएको छ ।

अज्ञात अपहरणकारी विरुद्ध बालिकाको परिवारले प्रहरीसमक्ष उजुरी दिएका छन् । शहरका प्रहरी प्रमुख गुलाम नबी मेमनले अपहरित बालिकाको खोजीकार्यका लागि प्रहरीको तीन टोली परिचालन गरिएको जानकारी दिएको डनले जनाएको छ ।

यसअघि पनि फोहोर फाल्न घरबाट निस्केकी अर्की बालिका पनि अपहरणमा परेकी थिइन् ।

पछिल्लो समय पाकिस्तानमा लैङ्गिक असमानता बढ्दै गएको बताइन्छ । गत वर्ष सन् २०२१ को विश्व लैङ्गिक असमानता सूचकांकमा पाकिस्तान १५६ मुलुकहरुमध्ये १५३ औं स्थानमा परेको थियो ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ७ : ३४ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर