पाकिस्तानको कराँचीमा आपराधिक घटना बढ्दै « Khabarhub

पाकिस्तानको कराँचीमा आपराधिक घटना बढ्दै


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय पाकिस्तानको कराँचीमा अपराधका घटना बढ्दै गएको देखिएको छ । पाकिस्तानको आर्थिक केन्द्र मानिने कराँची शहरमा बालिकाहरु अपहरणमा पर्ने घटना बढ्दै गएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

केही समय कराँचीबाट १४ वर्षे बालिका अपहरणमा परेकी थिइन् । त्यसको केही दिनलगत्तै कराँचीको साउदावाद क्षेत्रबाट अर्की बालिका पनि अपहरणमा परेको डनले जनाएको छ ।

अज्ञात अपहरणकारी विरुद्ध बालिकाको परिवारले प्रहरीसमक्ष उजुरी दिएका छन् । शहरका प्रहरी प्रमुख गुलाम नबी मेमनले अपहरित बालिकाको खोजीकार्यका लागि प्रहरीको तीन टोली परिचालन गरिएको जानकारी दिएको डनले जनाएको छ ।

यसअघि पनि फोहोर फाल्न घरबाट निस्केकी अर्की बालिका पनि अपहरणमा परेकी थिइन् ।

पछिल्लो समय पाकिस्तानमा लैङ्गिक असमानता बढ्दै गएको बताइन्छ । गत वर्ष सन् २०२१ को विश्व लैङ्गिक असमानता सूचकांकमा पाकिस्तान १५६ मुलुकहरुमध्ये १५३ औं स्थानमा परेको थियो ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ७ : ३४ बजे

चितवनका पुनः स्थापना केन्द्रलाई तीन दिनभित्र विवरण बुझाउन प्रशासनको निर्देशन

काठमाडौं– चितवन जिल्ला प्रशाशन कार्यालयले जिल्लामा सञ्चालित उपचार तथा पुनः

चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी

चितवन– फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

६ पूर्वस्वास्थ्यमन्त्री चुनावी मैदानमा, कसले कहाँबाट दिए उम्मेदवारी ? 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन

आबे हत्या प्रकरणमा आजीवन सजाय

एजेन्सी – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या प्रकरणमा दोषी ठहर

काठमाडौं–४ उम्मेदवार सचिन तिमिल्सिनाले भेटे गगनलाई

काठमाडौं– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट