खेलाडी–प्रशिक्षक विवाद : एन्फाले छानबिन समिति गठन गर्ने « Khabarhub

खेलाडी–प्रशिक्षक विवाद : एन्फाले छानबिन समिति गठन गर्ने


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र असन्तुष्ट रहेका १० खेलाडीबीचको  विवादलाई  अखिल नेपाल फुटबल संघ (एन्फा) ले समिति बनाएर छानबिन गर्ने भएको छ ।

मंगलबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलाडीलाई भेट्दै छानबिन गर्ने आश्वासन दिएका हुन् ।

श्रोतका अनुसार एन्फा अध्यक्ष शेर्पाले छानबिन समिति बनाउने र त्यसले चारदिनभित्र निष्कर्ष निकाल्ने र प्रतिवेदन बुझाउने बताएका हुन् ।

यस अघि खेलाडीले बारम्बार निष्पक्ष छानबिन हुनुपर्ने भन्दै खेलकुद मन्त्री महेश्वर गहतराज, राखेप सदस्य सचिब टंकलाल घिसिङ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ लगायतलाई पत्र पठाएका थिए ।

मुख्य प्रशिक्षक तथा व्यवस्थापकहरूले भने खेलाडीहरू खबर नगरी क्याम्पबाट भागेको टिप्पणी गरिरहेका छन् । सोही विषयमा खेलाडीहरूले पनि पत्रकार सम्मेलेन गर्दै निष्पक्ष छानविनको मान गर्दै आएका थिए ।

यस अघि खेलाडीले प्रशिक्षकको व्यवहारका कारण १३ गते होटेल छाडेका थिए । त्यसको स्पष्टीकरण दिन १५ गते पत्रकार सम्मेलन गरेका थिए ।

यसपछि प्रशिक्षक अब्दुल्लाहले असन्तुष्ट रहेका खेलाडीले आफूलाई कुनै जानकारी नदिइ टिम छाडेको बताउदै खेलाडीलाई एसियन कप छनोटमा सहभागीता नगराउने बताएका थिए ।

यस्तै खेलाडीसंघ र असन्तुष्ट खेलाडीले १९ वैशाखमा एन्फा महासचिवलाई निष्पक्ष छानबिनको लागि पत्र बुझाएका थिए ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ८ : ३० बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर