आज २०७९ साल जेठ २० गते शुक्रबारको राशिफल | Khabarhub Khabarhub

आज २०७९ साल जेठ २० गते शुक्रबारको राशिफल


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७९ साल जेठ २० गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

मेष: मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ।

वृष: आज व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ। प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ। ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ।

मिथुन : रोकिएका र अधुरा काम पुनः सुरु हुन सक्छन्। जागिर र कर्म प्रति चिन्तन बढ्नेछ। कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ।

कर्कट: आज पारिवारिक कार्य बोध हुने र नयाँ रचना र ज्ञानमा प्रगति हुनेछ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला।

सिंह: आज सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। चिताएको कामले तीव्रता पनि लिनसक्छ। शुभकार्यको चर्चा चल्नेछ।

कन्या: फजुल खर्चले चिन्ता बढाउनेछ। मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ। मित्रहरूले दिएको वचन फेरिन सक्छ।

तुला: विशेष सामाजिक कृत्यमा सहभागीको अवसर मिल्नेछ। नयाँ भौतिक साधनको योजना बन्ला। पारिवारिक रमाइलो समेत हुन्छ।

वृश्चिक: लामो समयदेखि रोकिएका अधुरा काम पुरा हुन सक्छन् । मङ्गल कार्यको योजना बन्नेछ। खानपिनको परिकारले मन लोभ्याउनेछ।

धनु: रचनात्मक कार्यमा मन जानेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेको छ।

मकर: सानातिना समस्यामा अल्झिनुपर्ने देखिन्छ। दबाब र तनाव बढेको महसुस हुनेछ। स्वास्थ्य प्रति सजग रहन जरूरी छ।

कुम्भ: आज नयाँ योजना र अवसर आउनाले मन प्रसन्न रहनेछ। व्यवसायको सन्दर्भमा नयाँ योजना बन्नेछ। सन्तानबाट सुख पनि मिल्ला।

मीन: प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्। धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ५ : १५ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित