सप्तरी घटना छानबिन गर्न माग « Khabarhub

सप्तरी घटना छानबिन गर्न माग


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) का सांसद सरिताकुमारी गिरीले सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिकाका डा. विजयकुमार यादवको हत्या गरिएको भन्दै निष्पक्ष छानबिनको माग गरेकी छिन् । प्रतिनिधिसभाको आजको बैठकको सुरुमै सभामुख अग्निप्रसाद सापकोटासँग समय माग गरी सांसद गिरीले नोबेल मेडिकल कलेजमा हाडजोर्नी  विशेषज्ञ डा विजयकुमार यादवको यही जेठ १८ गते राति निर्ममतापूर्वक हत्या गरिएको तर प्रशासनले घटनालाई आत्महत्यातर्फ बङ्ग्याउन खोजेको आरोप लगाइन् ।

डा विजय पाँच वर्षअघि बङ्गलादेशबाट एमबिबिएस अध्ययन सकेर नेपाल आएका थिए । सांसद गिरीले भने,’डा. विजयको हत्यालाई प्रशासनले आत्महत्या जस्तो देखाउने प्रयास गरे पनि डेरा वरिपरि डा. विजयको शव घोप्टो पारिराखिएको थियो, त्यो कम्पाउण्ड बाहिर मृतकको रगत जताततै छरिएको थियो, साथै शरीरमा आक्रमणका चिह्न रहेका थिए तर घटनास्थलमा रहेका प्रमाण नेपाल प्रहरीले नष्ट गर्न खोजेको छ ।’

डा. विजयको हत्यामा मेडिकल कलेजकै डाक्टर, कर्मचारी र औषधि पसलेको संलग्नता रहेको मृतकको परिवारले दावी गर्दै आएको सांसद गिरीको भनाइ छ । हत्या काण्डको मसिनो गरी छानविन गर्न एक संसदीय छानविन समिति गठन गरी कृतक परिवारलाई न्याय गर्नुपर्ने सांसद गिरीको भनाइ छ ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  १२ : ५८ बजे

कहाँकहाँ स्थापना भए काठमाडौंका निर्वाचन कार्यालय ?

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

देउवाको क्षेत्र डडेलधुराबाट कांग्रेसको उम्मेदवार बने नैनसिंह महर

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनाव नलड्ने भएपछि

कास्कीमा निर्वाचन लक्षित सुरक्षा रणनीति तय

कास्की– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ

उम्मेदवारी दर्ता अघि ओलीले भने- आजैबाट हराएका सपना जगाउन सुरु गरौँ

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी मनोनयनको

समानुपातिकतर्फ एक करोड दुई लाख बढी मतपत्र छपाइ

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि