पेट्रोलियम ऐन र इन्धनमुक्त देश बनाउन आजैबाट पहल गरौँ : गगन थापा  « Khabarhub

पेट्रोलियम ऐन र इन्धनमुक्त देश बनाउन आजैबाट पहल गरौँ : गगन थापा 


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कांग्रेस महामन्त्री गगन थापाले पेट्रोलियम ऐन बनाउन प्रस्ताव गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभामा भइरहेको मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले संसद् चलिरहेका बेला अहिले पेट्रोलियम ऐन ल्याउन आग्रह गरेका हुन् ।

पेट्रोलियम पदार्थमा लगाएको पूर्वाधार, प्रदूषण, भन्सार, सडक मर्मतजस्ता कर घटाएर  भए पनि मूल्यवृद्धि नियन्त्रण गरेर जनतालाई राहत दिनुपर्ने भन्दै उनले पेट्रोलियम पदार्थको भण्डारणको क्षमता पनि बढाउनुपर्ने बताए ।

साथै इन्धनको कच्चा पदार्थ ल्याएर रिफाइन गर्न सकिन्छ कि भन्ने विषयमा पनि अध्ययन गर्नुपर्ने भन्दै उनले आजबाटै देशलाई पेट्रोलियम पदार्थमुक्त बनाउने गरी काम थाल्नुपर्ने बताए ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  १ : २५ बजे

काठमाडौं क्षेत्र नम्बर २ बाट राप्रपाकी कुन्तीदेवी पोखरेलको नाम सिफारिस

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट

इन्डोनेसियामा बस पल्टिँदा १६ जनाको मृत्यु

जकार्ता– सोमबार बिहान इन्डोनेसियाको एक प्रमुख राजमार्गमा भएको भीषण दुर्घटनामा

अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना

नयाँदिल्ली– बङ्गलादेशमा सन् २०२६ फेब्रुअरीमा हुने राष्ट्रिय निर्वाचनमा आफ्नो दल

जेन-जीलाई तितरबितर पार्दै प्रहरी, फेरि पक्राउ परे निकोलस र मिराज (तस्बिरहरू)

काठमाडौं– जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले आज काठमाडौंको माइतीघरमा

६ लाख २५ हजारले हेरे ‘परान’, कति गर्‍यो व्यापार ?

काठमाडौं – दीपक आचार्य ‘काकु’ को डेब्यू निर्देशन रहेको फिल्म