फिल्म गर्ने तयारीमा नीति « Khabarhub

फिल्म गर्ने तयारीमा नीति


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मोडलिङमा रमाइरहेकी नीति शाहलाई अब फिल्ममा देख्न पाइने भएको छ । मोडलिङ गर्दै धेरै फिल्मकर्मीले नोटिस गरेता पनि नीतिले फिल्ममा अभिनय गर्ने इच्छा देखाइनन् । उनलाई भुवन केसी, सन्तोष सेन लगायतका निर्माताले समेत फिल्मको लागि अफर गरेका थिए । यद्यपि उनले कसलाई ओकेु भनिनन् । तर, अब उनले फिल्ममा आफूलाई प्रस्तुत गर्ने तयारी गरेकी छिन् ।

उनले यसै वर्ष फिल्ममा प्रवेश गर्ने तयारी थालेकी हुन् । फिल्ममा काम गर्ने भएपछि म्यानेजरको रुपमा निराजन गिरीलाई नियुक्त गर्दै केही फिल्मको स्क्रिप्ट समेत अध्यन गरिरहेकी छिन् । ‘पहिला अफर आउँदा अहिले म कन्फिडेन्ट छैन भनेर पछाडि हट्नुभयो । अब चाहिँ फिल्ममा डेब्यू गर्नका लागि सकारात्मक हुनुहुन्छ । उहाँले फिल्मको स्क्रिप्ट पढिरहनुभएको छ तर कसैलाई सहमति दिनुभएको छैन’ उनका म्यानेजर गिरीले भने । फिल्ममा डेब्यूका लागि केही समयदेखि नीतिले जिमदेखि डान्स क्लास लिइरहेको पनि निराजनले जानकारी दिए ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  २ : २२ बजे

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर