राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस « Khabarhub

राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सङ्घीय संसद्, राष्ट्रियसभामा पेट्रोलिय पदार्थको मूल्यवृद्धि घटाउन जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरिएको छ ।

सभाको आजको बैठकमा सांसद देवेन्द्र दाहालले ‘खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मट्टितेललगायतका अत्यावश्यक वस्तु तथा सेवाको मूल्यवृद्धिले पारेको असर न्यूनीकरणका लागि मूल्य घटाउन यथाशीघ्र पहल गरियोस्’ भन्ने जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरेका हुन् ।

प्रस्ताव प्रस्तुत गर्दै सांसद दाहालले पेट्रोलियम पदार्थको मूल्यवृद्धि मूल्य निर्धारण कार्यविधिविपरीत भएको भन्दै प्रस्ताव समर्थनमा सहयोग गर्न सबै सांसदलाई अपिल गरे । सो प्रस्तावलाई सांसद भैरवसुन्दर श्रेष्ठ, विमला घिमिरे, खिमलाल देवकोटा र शेखरकुमार सिंहले समर्थन गरेका छन् ।

प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद प्रमिला कुमारीले मूल्यवृद्धिबारे सरकारको ध्यानाकर्षण गराउँदै प्रस्तावमाथि समर्थन गरे । सांसद जीतेन्द्रनारायण देवले सरकारले पेट्रोल र डिजेलमा रु १० मूल्य घटाएकाप्रति समर्थन गर्दै पेट्रोलिय पदार्थको मूल्य वृद्धिसम्बन्धी भारत सरकारसँग पहल गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ३ : ०० बजे

विपद्को सुरुवाती चरणमै प्रभावकारी व्यवस्थापन हुन नसक्दा मानवीय क्षति बढ्यो : कुलमान घिसिङ

ललितपुर – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपद्को

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत