बजेट चुनाव लक्षित र इन्डक्सन चुलो बाँडेर भोट ल्याउने उद्देश्य छैन : अर्थमन्त्री शर्मा  « Khabarhub

बजेट चुनाव लक्षित र इन्डक्सन चुलो बाँडेर भोट ल्याउने उद्देश्य छैन : अर्थमन्त्री शर्मा 


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट चुनाव लक्षित नरहेको दाबी गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले बजेट बनाउने क्रममा दिमागमा चुनाव नराखेको दाबी गरेका हुन् ।

बजेट चुनाव लक्षित रहेको र इन्डक्सन चुलो बाँडेर भोट तान्न खोजेको आरोपलाई खण्डन गर्दै उनले इन्डक्सन चुलो बाँडेर भोट तान्न नखोजेको दाबी गरेका हुन् ।

‘इन्डक्सन चुलो बाँडेर भोट ल्याउने उद्देश्य छैन । बजेट बनाइरहँदा चुनाव दिमागमा राखिएको छैन,’ अर्थमन्त्री शर्माले भने, ‘केबल देशको आर्थिक अवस्थालाई मात्र हेरेर, देशमा कसरी स्थायित्व बनाउन सकिन्छ भन्ने आधारमा बजेट बनाइएको हो ।’

प्रत्येक वर्ष एक वर्षका लागि बजेट ल्याउने संवैधानिक व्यवस्थाअनुसार नै बजेट ल्याएको भन्दै उनले एमाले सांसदले चुनावको मुखमा एक वर्षका लागि बजेट ल्याएको भन्ने आरोपको खण्डन गरे ।

खाद्य सुरक्षाका विषयमा १०० वटा खाद्य भण्डार निर्माण गरिने जानकारी दिएका उनले प्रत्येक पालिकामा खाद्य संकलन केन्द्र पनि स्थापना पनि गरिने बताए ।

किसानलाई ऋण लिन सहज होस् भन्ने उद्देश्यले पालिकामा लघुवित्त शाखा खोल्ने पनि उनले बताए ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ३ : ४७ बजे

बलिउड स्टार गोविन्दाले मनाए ६२औँ जन्मदिन

काठमाडौं– नाइन्टिज़का आइकनिक बलिउड स्टार गोविन्दा आज आफ्नो ६२औँ जन्मदिन

सरकारको औचित्य सकिएको घोषणा गर्दै मिराजले प्रधानमन्त्री कार्कीमाथि लगाए १७ गम्भीर आरोप

काठमाडौं- जेन-जी आन्दोलनका एकजना अगुवा मिराज ढुंगानाले भदौ २३ र

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका