बजेट चुनाव लक्षित र इन्डक्सन चुलो बाँडेर भोट ल्याउने उद्देश्य छैन : अर्थमन्त्री शर्मा  « Khabarhub

बजेट चुनाव लक्षित र इन्डक्सन चुलो बाँडेर भोट ल्याउने उद्देश्य छैन : अर्थमन्त्री शर्मा 


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट चुनाव लक्षित नरहेको दाबी गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले बजेट बनाउने क्रममा दिमागमा चुनाव नराखेको दाबी गरेका हुन् ।

बजेट चुनाव लक्षित रहेको र इन्डक्सन चुलो बाँडेर भोट तान्न खोजेको आरोपलाई खण्डन गर्दै उनले इन्डक्सन चुलो बाँडेर भोट तान्न नखोजेको दाबी गरेका हुन् ।

‘इन्डक्सन चुलो बाँडेर भोट ल्याउने उद्देश्य छैन । बजेट बनाइरहँदा चुनाव दिमागमा राखिएको छैन,’ अर्थमन्त्री शर्माले भने, ‘केबल देशको आर्थिक अवस्थालाई मात्र हेरेर, देशमा कसरी स्थायित्व बनाउन सकिन्छ भन्ने आधारमा बजेट बनाइएको हो ।’

प्रत्येक वर्ष एक वर्षका लागि बजेट ल्याउने संवैधानिक व्यवस्थाअनुसार नै बजेट ल्याएको भन्दै उनले एमाले सांसदले चुनावको मुखमा एक वर्षका लागि बजेट ल्याएको भन्ने आरोपको खण्डन गरे ।

खाद्य सुरक्षाका विषयमा १०० वटा खाद्य भण्डार निर्माण गरिने जानकारी दिएका उनले प्रत्येक पालिकामा खाद्य संकलन केन्द्र पनि स्थापना पनि गरिने बताए ।

किसानलाई ऋण लिन सहज होस् भन्ने उद्देश्यले पालिकामा लघुवित्त शाखा खोल्ने पनि उनले बताए ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ३ : ४७ बजे

शासकीय सुधारका लागि सरकारले सार्वजनिक गर्‍यो सय कार्यसूची (पूर्णपाठ)

काठमाडौं – नेपाल सरकारले शासकीय सुधारलाई तीव्र बनाउने उद्देश्यसहित १००

बालेन सरकारको निर्णय : संघीय मन्त्रिपरिषद् २५ बाट १७ मा झार्ने, दलीय ट्रेड युनियन खारेज गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालेन्द्र शाह नेतृत्वको सरकारले

ओली–लेखक पक्राउ : पूर्णबहादुर खड्काले निकाले छुट्टै विज्ञप्ती

काठमाडौं – नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष अहिले थप सतहमा

पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’

इलाम – हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला

आज पनि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा

काठमाडौं – आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा भएको