विपद् जोखिम न्यूनीकरणका लागि ‘२४ घण्टे’ सेवा प्रवाह गर्ने साकेलाको निर्णय  « Khabarhub

विपद् जोखिम न्यूनीकरणका लागि ‘२४ घण्टे’ सेवा प्रवाह गर्ने साकेलाको निर्णय 


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– विपद् जोखिम न्यूनीकरणका सन्दर्भमा खोटाङको साकेला गाउँपालिकाले ‘जिरो आवर सर्भिस’ को नीति अवलम्बन गर्ने निर्णय गरेको छ । 

कार्यपालिकाका ६ जना सदस्यको शपथ ग्रहण, बधाई तथा शुभकामना लगत्तै बसेको गाउँ कार्यपालिकाको पहिलो बैठकले आपतविपदमा परेका पालिकावासीको सहयोग तथा उद्धारका लागि २४ घण्टा सेवा उपलब्ध गराउने निर्णय गरेको हो । बाढी पहिरो, आगलागी, चट्याङ, दुःख बिमारका कारण जोखिममा परेका नागरिकको सहयोग तथा उद्धारका लागि ‘जिरो आवर सर्भिस’ लागू गर्ने निर्णय गरिएको साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताए । प्रकोप तथा विपत्तिका समयमा तत्काल उद्धार तथा सहयोग उपलब्ध गराउनका लागि कार्यपालिका बैठकले आवश्यक नीति तयार पारेर सञ्चालनमा ल्याउने निर्णय गरेको जनाएको छ । 

‘कार्यालय बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मात्र खुल्छ । भइपरी आउने आपतविपदमा नागरिकलाई २४ घण्टा सेवा गर्ने संयन्त्र छैन’ गाउँपालिका अध्यक्ष राईले भने, नागरिक आपतविपदमा परेका समयमा स्थानीय सरकार सुत्दैन । गाउँपालिकाले भइपरी आउने समस्यामा परेका नागरिकलाई जुनसुकै समयमा तत्काल उद्धार, राहत तथा पुर्नस्थापनाको लक्ष्य राखेको छ । विपद् जोखिमका लागि ‘जिरो आवर सर्भिस’ नीतिले भविष्यमा प्रकोप तथा विपत्ति न्यूनीकरणमा रणनीति तयार पार्नमा समेत सघाउ पुग्ने गाउँपालिका अध्यक्ष राईले बताए । 

‘विपत्तिमा परेका जनताको सेवाका लागि अहिलेसम्म संघ, प्रदेश वा अन्य स्थानीय सरकारले सोचेकै देखिन्न । अहिलेसम्म कसैले नगरेको काम सुरु गर्न लागेका हौं’ राईले भने, ‘यसबाट प्रकोप तथा विपत्तिको समस्या कसरी सिर्जना हुन्छ, त्यसको समाधान कसरी गर्न सकिन्छ ? प्रेभेन्ट गर्ने उपायका बारेमा अध्ययन गर्न सकिन्छ भन्ने लक्ष्य राखेका छौँ ।’

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ५ : २६ बजे

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर