जनताको चाहनाअनुसार बजेट निर्माण हुन्छ : मुख्यमन्त्री राई « Khabarhub

जनताको चाहनाअनुसार बजेट निर्माण हुन्छ : मुख्यमन्त्री राई


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले जनताको चाहनाअनुसारको बजेट ल्याउने बताएका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा आज यहाँ आयोजित आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट तर्जुमासम्बन्धी उद्योगी व्यापारीहरुसँग आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले कोठामा बसेर मन्त्री र कर्मचारीद्वारा बनाइने बजेट यथार्थपरक नहुने भएकाले १४ जिल्लामा जनप्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुसँग गहन छलफल एवं सुझाव सङ्कलन गरिएको धारणा राखे ।

मुख्यमन्त्री राईले प्रदेशको औद्योगिक उत्पादन र आर्थिक गतिविधि चलायमान गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान हुनुपर्नेमा जोड दिँदै उद्योग र ऊर्जा क्षेत्रमा निजी क्षेत्रको लगानीका लागि सरकारले आवश्यक वातावरण र नीति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले विगतमा कृषिमा अनुदानको ठूलो रकम खर्च भए पनि त्यसको सही सदुपयोग नभएको चर्चा गर्दै आगामी बजेटमा उत्पादनको परिणामको आधारमा अनुदान दिने जानकारी दिए ।

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले मुलुकमा कृषि उपजको आयात डरलादो अवस्थामा रहेको बताउँदै यसलाई न्यूनीकरण गर्न वाणिज्य बैंकले सहुलित दरमा कृषि कर्जा उपलब्ध गराउन पर्नेमा जोड दिए ।

उहाँले सरकारले ‘निजी क्षेत्र मैत्री कानून र नीति’ बनाउने बताउँदै विप्रेषणको निर्भरता घटाउन धार्मिक पर्यटकीयस्थल हलेसी, पाथिभरा, वराहक्षेत्र प्रवद्र्धनमा निजी क्षेत्रको सहयोग आवश्यक रहेको धारणा राखे।

मन्त्रालयका सचिव सुमन दाहालले यस क्षेत्रमा उद्योग स्थापना एवं उत्पादन वृद्धिका लागि सरकारले सहजीकरण गर्ने धारणा राखे ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ११ : २४ बजे

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा