जनताको चाहनाअनुसार बजेट निर्माण हुन्छ : मुख्यमन्त्री राई | Khabarhub Khabarhub

जनताको चाहनाअनुसार बजेट निर्माण हुन्छ : मुख्यमन्त्री राई


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले जनताको चाहनाअनुसारको बजेट ल्याउने बताएका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा आज यहाँ आयोजित आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट तर्जुमासम्बन्धी उद्योगी व्यापारीहरुसँग आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले कोठामा बसेर मन्त्री र कर्मचारीद्वारा बनाइने बजेट यथार्थपरक नहुने भएकाले १४ जिल्लामा जनप्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुसँग गहन छलफल एवं सुझाव सङ्कलन गरिएको धारणा राखे ।

मुख्यमन्त्री राईले प्रदेशको औद्योगिक उत्पादन र आर्थिक गतिविधि चलायमान गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान हुनुपर्नेमा जोड दिँदै उद्योग र ऊर्जा क्षेत्रमा निजी क्षेत्रको लगानीका लागि सरकारले आवश्यक वातावरण र नीति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले विगतमा कृषिमा अनुदानको ठूलो रकम खर्च भए पनि त्यसको सही सदुपयोग नभएको चर्चा गर्दै आगामी बजेटमा उत्पादनको परिणामको आधारमा अनुदान दिने जानकारी दिए ।

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले मुलुकमा कृषि उपजको आयात डरलादो अवस्थामा रहेको बताउँदै यसलाई न्यूनीकरण गर्न वाणिज्य बैंकले सहुलित दरमा कृषि कर्जा उपलब्ध गराउन पर्नेमा जोड दिए ।

उहाँले सरकारले ‘निजी क्षेत्र मैत्री कानून र नीति’ बनाउने बताउँदै विप्रेषणको निर्भरता घटाउन धार्मिक पर्यटकीयस्थल हलेसी, पाथिभरा, वराहक्षेत्र प्रवद्र्धनमा निजी क्षेत्रको सहयोग आवश्यक रहेको धारणा राखे।

मन्त्रालयका सचिव सुमन दाहालले यस क्षेत्रमा उद्योग स्थापना एवं उत्पादन वृद्धिका लागि सरकारले सहजीकरण गर्ने धारणा राखे ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ११ : २४ बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका