‘२ नम्बरी’ को विदेश बिक्री सुरु « Khabarhub

‘२ नम्बरी’ को विदेश बिक्री सुरु


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आगामी ४ कात्तिकबाट रिलिज हुने नेपाली फिल्म ‘२ नम्बरी’ को विदेश बिक्री सुरु भएको छ ।

फिल्मका प्रस्तुत कर्ता किरण नेपालीका अनुसार फस्टलुक सार्वजनिक भएसँगै विभिन्न देशमा फिल्म बिक्री भइसकेको छ । विशेषत फिल्म मध्य पूर्वी देशहरूसँगै साउथ कोरियामा विक्री भएको हो । फिल्मको प्रचार सामग्रीहरू बाहिरिएसँगै आकर्षण बढेको यसले प्रस्ट्याएको छ ।

फिल्म ४ कात्तिकमा दक्षिण कोरिया, दुबई, कतार, कुवेत, साउदी अरब, बहराइन, जोर्डनलगायतका देशमा रिलिज हुने प्रस्तुत कर्ता नेपालीले बताए । फिल्मलाई निप फिल्मस्का लागि रमेश ढकालले किनेका हुन् ।

अन्य देशमा पनि फिल्मको लागि कुरा भइरहेको नेपालीले जानकारी दिए । दुई साथीको मित्रताको कथामा बनेको यो फिल्ममा दीपेन्द्र लामाको निर्देशन छ । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासनासिंह ठकुरी, उगेन छोदेनलगायतका कलाकारको अभिनय छ ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  १२ : ३३ बजे

आरसिबीका लागि विराटको नटआउट विष्फोटक ब्याटिङ २०२ रनको लक्ष्य १५.४ ओभरमै पूरा

काठमाडौँ – रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसिबी) ले इन्डियन प्रिमियर लिग

पूर्वमन्त्री कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री

प्रधानमन्त्री र मन्त्रीको दैनिक ‘मापसे र लापसे’ जाँच गर्न हर्क साम्पाङको माग

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम– तेह्रथुमको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण

बालेन सरकारको निर्णय : स्नातकसम्म पढ्न नागरिकता नचाहिने

काठमाडौँ – सरकारले शिक्षा क्षेत्रको संरचनात्मक सुधारका लागि स्नातक तहसम्मको