असार २४ मा विवाह गर्दै नीता र हरिहर  « Khabarhub

असार २४ मा विवाह गर्दै नीता र हरिहर 


१९ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ज्योतिष अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाले २४ गते विवाह गर्ने भएका छन् । विगत ४ वर्षदेखि प्रेममा रहेका उनीहरूले असारमा विवाह गर्ने खबरसँगै मिति पनि सार्वजनिक भएको छ ।

सार्वजनिक भएको दुवैको विवाहको कार्डमा २४ गते दरबारमार्गस्थित होटेल याक एन्ड यतिमा बिहान १० बजेदेखि वैवाहिक कार्यक्रम सुरु हुने जनाइएको छ । विवाहमा परिवार र निकटका साथीहरूलाई मात्र निम्त्याउने तयारी दुवै पक्षको रहेको स्रोत बताउँछ । तर विवाहित जोडीले २६ गते सोही होटेलमा हुने रिसेप्सनमा भने फिल्म क्षेत्रका धेरै व्यक्तिलाई बोलाउने तयारी गरिरहेका छन् ।

नीता र हरिहरको प्रेम ४ वर्ष पुरानो हो । वीरगन्जमा भएको फिल्मसम्बन्धी एक कार्यक्रममा सँगै पुगेका उनीहरु त्यही कार्यक्रमपश्चात् नजिक भएका थिए । दुवैले अघिल्लो साल नै विवाह गर्ने तयारी गरेको भए पनि हरिहरको बुबा अचानक बितेपछि एक वर्ष कुर्नु परेको थियो । बुबाको वार्षिक सकिए लगत्तै असारमा उनीहरूले विवाहको लगन जुराएका थिए ।

बाल कलाकार हुँदै अभिनेत्री बनेकी नीता ढुंगानाले दुई दर्जन बढी फिल्ममा अभिनय गरेकी छिन् भने हरिहरले ‘शुभलभ’ बाट अभिनयमा डेब्यू गरेका थिए ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  १२ : ५२ बजे

आरसिबीका लागि विराटको नटआउट विष्फोटक ब्याटिङ २०२ रनको लक्ष्य १५.४ ओभरमै पूरा

काठमाडौँ – रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसिबी) ले इन्डियन प्रिमियर लिग

पूर्वमन्त्री कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री

प्रधानमन्त्री र मन्त्रीको दैनिक ‘मापसे र लापसे’ जाँच गर्न हर्क साम्पाङको माग

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम– तेह्रथुमको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण

बालेन सरकारको निर्णय : स्नातकसम्म पढ्न नागरिकता नचाहिने

काठमाडौँ – सरकारले शिक्षा क्षेत्रको संरचनात्मक सुधारका लागि स्नातक तहसम्मको